वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित नवदिप एकेडेमी स्कुलको १३औँ वार्षिक उत्सवको अवसरमा आज विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम नवदिप एकेडेमी स्कुलकी सञ्चालिका तथा प्रिन्सिपल सुशीला शाह को सभापतित्व तथा प्याप्सन जिल्ला कार्यसमिति पर्सा का अध्यक्ष सरोजप्रसाद चौधरी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वार्षिक उत्सवका अवसरमा आज र भोलि आयोजना गरिएका सांस्कृतिक तथा खेलकुद गतिविधिले नवदिप एकेडेमीलाई नमुना विद्यालयका रूपमा प्रस्तुत गरेको बताए। उनले विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमा पनि उल्लेखनीय प्रगति गर्दै आएको उल्लेख गरे।
उनका अनुसार वर्षभरि सञ्चालन गरिने विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरूलाई वार्षिक उत्सवमार्फत अभिभावकले प्रत्यक्ष अवलोकन गर्न पाउने हुँदा आफ्ना बालबालिका कस्तो वातावरणमा अध्ययनरत छन् भन्ने जानकारी पाउन सहज हुने गर्दछ।
उत्सव समारोहमा प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा ले अभिभावकहरूले बालबालिकालाई अत्यधिक मोबाइल प्रयोग गर्न नदिन सचेत रहन आग्रह गर्दै यसले अध्ययनमा नकारात्मक प्रभाव पार्ने बताए।
कार्यक्रममा प्याप्सन जिल्ला सदस्य मञ्जु रानाभाट मञ्जु रानाभाट, लायन्स क्लबका बासु तिमल्सिना, श्याम गुप्ता तथा जन भण्डाफोर दैनिक का कार्यकारी सम्पादक जगत राई लगायतले आ–आफ्ना धारणा राखेका थिए।
उत्सवका अवसरमा विद्यार्थीहरूले नृत्य, गीत तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी दर्शकको मन जितेका थिए। कार्यक्रमको सहजीकरण नयाँ अग्रवाल नयाँ अग्रवाल र सौरुपा पौडेल ले संयुक्त रूपमा गरेका थिए।
समग्रमा, वार्षिक उत्सवले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र बहुआयामिक विकासलाई उजागर गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।