केही बर्ष अघि मात्र स्थापना भएको वीरगंज बिर्ता स्थित नारायणी सेन्ट्रल अस्पतालले निरन्तर रुपमा प्रगतिको मार्ग पहिल्याइ रहेको कुरा यससँग सरोकार राख्नेहरुले बताएका छन । बिशेष गरि स्वास्थ्य सेवा बिभागको सबै मापदण्ड पुरा गरि स्थापना भएको अस्पताले आउँदो दिनमा मेडिकल कलेजको रुपमा आफुलाई स्थापित गर्नको लागि सेवा र सुबिधामा कुनै कसर बाँकी नराखि अघि बढेकोले यस भेगका सबै रोगीहरु अस्पतालबाट लाभान्वित भएको कुरा निमित्त मेडिकल प्रमुख डाक्टर पटेल बताउनुहुन्छ । उनका अनुसरा अस्पतालले निरन्तर अघि बढको बताउंछन । उनका अनुसार सर्जरी, गाइनो, बालबालिकाको उपचार, सबै प्रकारको सेवा दिने गरि अघि बढाएका छौं । गरिब निमुखाको लागि न्युनतम रकममा सेवा दिएका छौं । बरिष्ठ चिकित्सक सेवा छ । कुनै मामदण्डमा कमी छैन । हाल एक सय बेडको अस्पतालको रुपमा अघि बढेका छौं । तथापी अझै पनि कोही पनि रोगी बाहिर जान नपरोस भनेर निरन्तर सेवा प्रबिधीलाई अघि बढाएका छौं ।

दुर्बिनबाट ल्याप्रोस्कपी, पित्तथैली, प्रोस्टेड, मूत्रनलीको अपरेशन, पेन रहित डेलिभरीमा हामी यस भेगमा नै अग्रणी छौं र बिरामीको मन जित्दै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट पहिचान सहितको सेवामा अग्रसर भएको कुरा निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर पवन पटेल बताउनुहुन्छ । उनका अनुसरा कोही पनि अस्पतालमा उपचारको लागि आएपछि रकम अभावका कारण फर्केर जान नपरोस भनेर गरिबहरुको लागि समेत निशुल्क उपचारको ब्याबस्था गरिएको समेत उहाँ बताउनुहुन्छ ।
वीरगंजको स्वास्थ्य क्षेत्रका अग्रणी संस्थामध्ये एक नारायणी सेन्ट्रल अस्पतालले आफ्नो गुणस्तरीय सेवा र बिरामीको विश्वास जित्दै उत्कृष्ट पहिचान बनाएको छ। आधुनिक प्रविधि र अनुभवी चिकित्सकको संयोजनमा सञ्चालन भइरहेको यस अस्पतालले बिरामी केन्द्रित सेवा प्रवाहमा निरन्तरता दिँदै आएको कुरा अस्पतालका प्रमुख सत्यनारायण क्याल बताउनुहुन्छ । उहाँका स्वास्थ्य प्रतिष्ठानबाट कमाउने र नाफा आर्जन गर्ने होइन बीरगंजमा उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान र त्यो पनि नाफा रहित सेवा आफ्नो उदेश्य रहेको समेत उहाँ बताउनुहुन्छ ।

अस्पतालले आपतकालीन सेवा, नियमित स्वास्थ्य जाँच, शल्यक्रिया, परामर्श सेवा, महिला स्वास्थ्य र बालबालिका स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध गराउँदै बिरामी र उनका परिवारलाई पूर्ण सन्तुष्टि प्रदान गरेको कुरा अस्तालका मेडिकल अफिसर डाक्टर भुनेश बादल बताउनुहुन्छ । अस्पतालको सुव्यवस्थित सेवा प्रणाली, सहयोगी स्टाफ र सहज वातावरणको प्रशंसा गर्दै यसलाई ै उत्कृष्ट अस्पतालको रूपमा आफुले लिएको कुरा सर्लाही हरिपुर्वाका बिरामी रामदिेनेश बतउँछन ।

अस्पतालले स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता र पारदर्शिता कायम राख्नका लागि विभिन्न नयाँ उपकरण र प्रविधि अपनाउँदै आएको छ । यससँगै स्वास्थ्य शिक्षामा जनचेतना फैलाउने, बिरामीहरूको सुरक्षा सुनिश्चित गर्ने र उपचारमा उच्च मापदण्ड लागू गर्ने अभियान आफुहरु रहेको कुरा यसका संचालकहरु बताउँछन । नारायणी सेन्ट्रल अस्पतालका प्रबन्धकले भने, ूहामी सधैं बिरामीको स्वास्थ्य र सुविधा पहिलो प्राथमिकतामा राख्छौं। हाम्रो उद्देश्य केवल उपचार गर्नु मात्र होइन, बिरामीको मन जित्नु र उनीहरूलाई पूर्ण सन्तुष्टि दिनु हो । यसैले हामी लगातार सेवा सुधार गर्दै नयाँ योजना र प्रविधि अपनाउँदै आएका हौं भन्ने कुरा समेत संचालकहरु बताउँछन ।

स्थानीय स्वास्थ्य विशेषज्ञहरूका अनुसार नारायणी सेन्ट्रल अस्पतालले बीरगंज र वरिपरिको क्षेत्रमा स्वास्थ्य सेवा सुधार र पहुँचको दृष्टिले ठूलो योगदान पुर्याइरहेको छ । बिरामीहरूको विश्वास र समर्थनले अस्पताललाई निरन्तर प्रोत्साहन दिएको छ र यसले आगामी वर्षहरूमा अझ व्यापक सेवा विस्तार गर्ने योजना बनाएको बताइन्छ ।
अस्पतालको सेवा ब्यबहार, र सुबिधाको बारेमा अस्पतालमा आफ्नो आमाको उपचार गराइरहेका बीरगंज उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष गोपाल केडियाले आफुले अस्पतालको कर्मचार, चिकित्सक, सरसफाई र रोग अनुसारको चिकित्सकिय सुबिधामा आफु सन्तुष्ट रहेकोले अस्पताल आउँदो दिन यस भेगमै सबै प्रकारको रोगीहरुको लागि आशाको केन्दै बन्ने कुरामा आफु विश्वस्त रहेको समेत बताए ।