राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले इनरुवामा सञ्चालन गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ। सोमबार आयोजित कार्यक्रममा इनरुवाका विभिन्न टोलबाट मतदाताको ठूलो उपस्थिति देखिएको थियो। घरदैलोका क्रममा स्थानीयवासीहरूले शिक्षा, खानेपानी, सडक, रोजगारीलगायतका समस्या उम्मेदवार पन्तसमक्ष राखेका थिए। पन्तले स्थानीयका गुनासो ध्यानपूर्वक सुन्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
घरदैलो कार्यक्रमअगाडि इनरुवामा आयोजित कोणसभामा सयौँ स्थानीय राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। सो अवसरमा नवप्रवेशीहरूलाई पार्टीको नीति, उद्देश्य र भावी योजनाबारे जानकारी गराइएको थियो। कोणसभा विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो। सभाबाट विजय साहकै अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा राजु प्रसाद यादव, सचिवमा सन्तोष पटेल, सहसचिवमा अजय कुमार महतो र प्रीतम कुमार महतो चयन भएका छन्।
समितिका सदस्यहरूमा जटाशंकर पण्डित, रोमन पटेल, मोहन यादव, वीरेन्द्र प्रसाद यादव, अबेश राम, सद्दाम हुसेन, रञ्जित यादव, विजय होदा बनिया, दिलिप यादव, रामसुरै महतो, स्माइल मियाँ, अरुण यादव, राजन यादव, नितेश बानिया, शिवनाथ प्रसाद यादव, झोटी यादव, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, परमा यादव र रामायण दास रहेका छन्। कार्यक्रममा सन्तोष पटेलले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए। कार्यक्रममा उक्त वडाका सभापति रमेश चौरसियालगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। इनरुवामा देखिएको जनउपस्थिति र पार्टी प्रवेशलाई रास्वपाले जनआकर्षण बढ्दो संकेतका रूपमा लिएको छ।