धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैंसेगौंडामा सोमबार बिहान भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख बस दुर्घटनामा परेको हो। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म १३ जना मृतकको पहिचान खुलेको छ। अन्यको सनाखत प्रक्रिया जारी रहेको छ।
पहिचान खुलेका मृतकहरू
बेलायती नागरिक, अन्दाजी २३ वर्षीया डोमिनिका इथान
त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने इन्जिनर ठकुरी
शुक्ला गण्डकी नगरपालिका–७ बस्ने ६० वर्षीया विष्णुमाया ढकाल
वालिङ नगरपालिका–१४ बस्ने अन्दाजी ६३ वर्षीय चन्द्रबहादुर कुँवर
ब्यास नगरपालिका बस्ने अन्दाजी ४५ वर्षीय आमकुमार मल्ल
पोखरा महानगरपालिका–३० बस्ने अन्दाजी ४० वर्षीय विवेक बस्तोला
पुतलीबजार नगरपालिका–६ बस्ने अन्दाजी ४५ वर्षीय घनश्याम सुवेदी
ब्यास नगरपालिका–५ बस्ने ३९ वर्षीय ओमकुमार श्रेष्ठ
कास्की लामाचौर बस्ने २६ वर्षीय सुजित नेपाली ९चालक०
शुक्ला गण्डकी नगरपालिका–७ बस्ने ५५ वर्षीय रुद्रप्रसाद ढकाल
शुक्ला गण्डकी नगरपालिका–२ बस्ने २० वर्षीय अर्चन पौडेल
भीमाद नगरपालिका–६ बस्ने ५५ वर्षीय हरिप्रसाद सिक्देल
प्रहरीले बाँकी मृतकको सनाखत प्रक्रिया जारी रहेको जनाएको छ।
प्रहरीका अनुसार बस सडकबाट चिप्लिएर भिरमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा उद्धार कार्य स्थानीय बासिन्दा, प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा गरेका थिए। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
यस दुर्घटनाले देशभर शोकको वातावरण बनेको छ भने मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त भइरहेको छ।