काठमाडौँ । एक सातामा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत चैत २७ गतेदेखि वैशाख ४ गतेसम्मको अवधिमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको हो ।
अघिल्लो शुक्रबार अर्थात् चैत २७ गते शुक्रबार सुन प्रति तोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि चैत २९ गते सामान्य बढेर २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्य चैत ३० गते भने थोरै घटेर २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नयाँ वर्ष २०८३ को सुरुवातसँगै वैशाख १ गतेबाट सुनको मूल्य झनै उकालो लाग्न सुरु भई प्रति तोला २ लाख ९९ हजार ८०० रुपैयाँ पुग्यो ।
वैशाख २ गते ३ लाख २ हजार ७०० पुगेको मूल्य वैशाख ३ गते साताकै उच्च विन्दु ३ लाख २ हजार ८०० रुपैयाँ कायम भयो । साताको अन्तिम दिन वैशाख ४ गते शुक्रबार भने मूल्यमा केही गिरावट आई प्रति तोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसरी अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबार सुनको मूल्य प्रति तोला २ हजार ९०० रुपैयाँले बढेको देखिन्छ ।
त्यसैगरी चाँदीको मूल्यमा पनि यस साता तीव्र उतारचढाव देखिएको छ । अघिल्लो शुक्रबार अर्थात् चैत २७ गते चाँदी प्रति तोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो । चैत २९ गते ४ हजार ९ सय ७५ रुपैयाँ पुगेको चाँदीको मूल्य चैत ३० गते भने घटेर ४ हजार ९ सय रुपैयाँको न्यून विन्दुमा झरेको थियो ।
वैशाख १ गतेबाट चाँदीको मूल्यमा पनि ह्वात्तै वृद्धि भई प्रति तोला ५ हजार ६५ रुपैयाँ पुग्यो र वैशाख २ गते ५ हजार २२० हुँदै वैशाख ३ गते साताकै उच्च ५ हजार २ सय ५० रुपैयाँ कायम भयो । साताको अन्तिम दिन वैशाख ४ गते शुक्रबार चाँदीको मूल्य प्रति तोला ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको छ ।
यसरी समग्रमा अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबार चाँदीको मूल्य प्रति तोला १७० रुपैयाँले महँगिएको छ ।