वीरगञ्ज– बारागढी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को दोस्रो कार्यकालअन्तर्गत नवौं गाउँसभाको अधिवेशनमा नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षतामा गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। गाउँपालिकाकी उपाध्यक्ष तथा योजना तर्जुमा समितिकी संयोजक लक्ष्मी देवी रायको अनुमतिमा आर्थिक प्रशासन शाखा प्रमुख अजय चौधरीले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु ३९ करोड ७१ लाख ६५ हजार २०० बराबरको बजेट गाउँसभा समक्ष प्रस्तुत गरेका हुन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्र, वडा नं. १ का वडाध्यक्ष सुरेश प्रसाद चौधरी, वडा नं. २ का वडाध्यक्ष जोगिन्द्र साह कलवार, वडा नं. ३ का वडाध्यक्ष उमेश प्रसाद साह, वडा नं. ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पन्नालाल साह, वडा नं. ५ का वडाध्यक्ष मनेजर चौधरी तथा वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष रामेश्वर पण्डितको उपस्थिति रहेको थियो।
त्यसैगरी गाउँ कार्यपालिका सदस्यहरू रेणु जयसवाल, संगीता कुमारी चौधरी, सुरेश राम लगायत सम्पूर्ण गाउँसभा सदस्य, वडा सचिव, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन गाउँपालिकाको जिन्सी शाखा प्रमुख महेश कुमार ठाकुरले गरेका थिए। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटले स्थानीय विकास, पूर्वाधार विस्तार र जनसेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।