बीरगंज/ २० असोज– यही महिनाको २३ गते बीरगंज बजारको मुटुमा रहेको माइस्थानस्थित गिता मन्दिर रोडमा संचालन हुने १५ दिने मनोरञ्जनात्मक रमाइलो मेलाको कारण अहिले सबैको ध्यान तनिन थालेको छ । बिगतका दिनमा पनि यस्ता मेला कैयौं पटक संचालन हुने गरेको भएपनि यसले कहिल्यै पनि सुखद अनुभूति दिन नसकेको हुनाले अहिले मुलुक सम्पूर्ण रुपमा आर्थिक मन्दी र बीरगंज बजारको मुख्य सडक फराकिलो बनाउँदा थुप्रै उद्योगी ब्यापारी र सर्वसधारण बिल्लीबाठ भएको बेला लाग्ने मेलाका कारण हजारौं सर्वसाधरणको आर्थिक अवस्था बिकराल बन्ने कुरालाई आत्मसाथ गरेर प्रतिकूल परिस्थितिमा आयोजना गर्ने निकायलाई मेला संचालन गर्न अनुमति दिने निकायले यसमा पुनरावलोकन गर्न आवश्यक रहेको कुरा बीरगंज बासीहरु बताउन थालेका छन् ।

द लिड इन्टरटेन्टमेन्ट एण्ड एडभरटाइजिङ्गको ब्यबस्थापन र भेट्रान्स सिटी क्लबकको आयोजनामा हुने मेला स्थलमा जुवा तास खलाउने, मौतको कुवा नामक गेमका कारण मानिसहरु हताहत हुने समेत भएको हुनाले यसले सामाजिक बिकृति समेत निम्त्याउने समाचार प्रकाशमा आएको छ । हाललाई १५ दिनको लागि अनुमति लिएर संचालन गर्न लागेको मेला अपधि आयोजकहरुले बिभिन्न बखेडा झिक्दै महिनौंसम्म संचालन हुने र चोरी डकैति एवँ पाकेटमारको समेत बिगबिगी हुने भएको हुनाले यसले बीरगंज बजारमा फेरि पनि सामाजिक तथा आर्थिक अपराध बढ्ने कुरा भुक्तभोगीहरु बताउन थालेका छन ।

स्थानीयस्तरमा मनोरञ्जनका नाममा सञ्चालन भइरहेको ‘रमाइलो मेला’ मा जुवा–तासजस्ता गतिविधि भइरहेको भन्दै नागरिकहरूले आपत्ति जनाएका छन्। मेलाको मुख्य उद्देश्य मनोरञ्जन र व्यापार प्रवर्द्धन भए पनि त्यसको आडमा गैरकानुनी तथा सामाजिक विकृति बढाउने गतिविधि सञ्चालन भएको स्थानीयको गुनासो छ।
मेलास्थलमा जुवा–तास खेलाइने गरेको आरोप बारम्बार लाग्ने गरेको तर नियमन निकाय भने कहिल्यै पनि जिम्मेवार हुन नसेको पुरानो परम्परा अहिले पनि कायम हुने आशंका गर्न थालीएको छ । उता मेला स्थलमा ब्यापारिक स्टल लगाइने र प्रति स्टलको १ लाखसम्म लिने योजना आयोजकहरुले बनाएकोले मन्दी रहेको ब्यापारीक अवस्था र यस्का प्रतिनिधीहरु समेत ठगिने अनुमान लगाउन थालिएको छ । गत बर्षहरुमा हुने मेलमा मदिराजन्य पदार्थको निर्बाध बिक्री बितरण र सेवन हुने गरेकोले त्यहाँ हुने झैझडाले समाजीक सदभावमा समेत प्रतिकूलता थपिने अनुमान लगाउन थालिएको छ । बिगतममा बदमासिको बारेमा सम्बन्धित जिम्मेवार निकायमा लिखित उजूरी गर्दा समेत प्रभावकारी अनुगमन र नियन्त्रण नगरेको भन्दै नागरिकहरूले प्रश्न उठाउँदा समेत फेरि रमाइलो मेला संचालनको अनुमति दिनु समाज प्रति नै गैरजिम्मेवार बन्नु हो भनि एकजना पीडित बताउँछन् । सार्वजनिक स्थानमा यस्ता गतिविधि सञ्चालन हुँदा सर्वसाधारण आर्थिक रूपमा ठगिन सक्ने र युवापुस्तामा समेत नकारात्मक असर पर्न सक्ने स्थानीयको भनाइ छ।
-1791261902.jpg)
स्थानीयवासीको प्रश्न छ—मेला सञ्चालनका लागि अनुमति दिने निकायले गतिविधिको नियमित अनुगमन किन गर्दैन? जुवा–तास खेलाइएको भए त्यसलाई रोक्ने जिम्मेवारी कसको हो ? जुन कुरा बिगतका मेलामा बारम्बार यस्ता प्रश्न तेर्सियो तर फेरि पनि यस्कै पुनराबृति हुने कुरा किन दोहोर्याइयो ? आम नगरबासिले प्रश्न गरिरहेका छन ।
मेला आयोजक, स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायले यस विषयमा तत्काल स्पष्ट पार्दै मेलामा के–कस्ता गतिविधि सञ्चालन हुने हुन भन्ने सार्वजनिक जानकारी दिनुपर्ने माग उठेको छ। नागरिकहरूले मनोरञ्जनको नाममा हुने गैरकानुनी गतिविधिलाई संरक्षण वा बेवास्ता नगरी निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न आग्रह गरेका छन्।
‘‘रमाइलो मेला’ साँच्चिकै मनोरञ्जन र व्यवसाय प्रवर्द्धनको थलो बन्ने हो कि विकृति र सर्वसाधारण ठगिने थलो? भन्ने प्रश्न अहिले उठेको छ। आरोपको सत्यतथ्य सम्बन्धित निकायले तत्काल छानबिन गरी सार्वजनिक गर्नुपर्ने देखिन्छ। यस बारेमा निकै अनुभबी मेला बिज्ञ र हालका ब्यबस्थापनको जिम्मा पाएका लिडका प्रतिनिधी बिमल खड्गीसँग सम्पर्क गर्न खोज्दा फोन उठेन ।