दुर्गा पुजा सेवा समिति रानीघाट ले शनिबार २४ औं बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । । भवानी प्रेसका संचालक एवं समाजसेवी राकेश कुश्वाहाको प्रमुख आतिथ्य एवं दुर्गा पुजा सेवा समिति रानीघाटका अध्यक्ष शतिश सिंह राजपुतको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो।
रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताहरुले रक्तदान गरेका थिए।उक्त रक्तदान कार्यक्रममा मुकेश ठाकुर,साजन कुमार सिंह,मुकेश राम,शिकलाल महतो,कृष्ण कृ। कलवार,बिराज साह,राजेश्वर कुसवाह,नवीन साह,निरञ्जन कानु,अब्दुल सलाम हवारी,चन्दन सिंह राजपूत,उदित्य कलवार रहेका थिए।
कार्यक्रममा बिरगंज महानगरपालिका वडा नम्बर९ का अध्यक्ष जवार प्रसाद गुप्ता,दिनानाथ रौनियार,नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका बृजकिशोर पटेल,लालबाबू सिंह,कन्हैया पटेल,हरेन्द्र बाबा ,नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका अभिलाष गुप्ताको विशेष उपस्थिति रहेको थियोे।
नेपाल रक्त संचार केन्द्र बिरगंजका प्रमुख सौरभाराज पाण्डे,नितेश यादव,नमित चौरसिया लगाएतकाहरुले प्राबिधिक सहयोग गरेका थिए।कार्यक्रम संचालन संचारकर्मी प्रनय कुमार साहले गरेका थिए।