भन्सार छलि गरेर भित्र्याईएको सामान बरामद गरि सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगर स्थित सिर्सिया खोलाको पुल नजिकबाट ७० हजार मूल्य बराबरको एसी र मोटरसाईकल सहित एकजनालाई पक्राउ गरेको थियो ।
ना १५ प ३६८८ नम्बरको हिरो होण्डा मोटरसाइकलको पछाडि सिटमा लोड गरेर ल्याइरहेको अवस्थामा एक थान एसी सहित मोटरसाइकलका चालक देश–भारत, राज्य–बिहार, जिल्ला–मोतिहारी, ग्रामपचायत–पन्टोका, बढ़ा नं. १६, पन्टोका गाँउका ५२ वर्षीय विनोद प्रसादलाई सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको गाडी मोवाईल गस्ती टोलीले पक्राउ गरेको हो ।
उनले ल्याएको एसीको मूल्य ७० हजार र मोटरसाईकलको एकलाख गरी एकलाख ७० हजार मूल्यांकन गरी वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै आज बीरगञ्ज महानगरपालिका वडा नं. २५ ड्राइपोर्ट–परवानीपुर सडक खण्डबाट अवैध रुपमा भित्र्याईएको माछा सहितको बलेरो पिकअप नियन्त्रणमा लिएको छ ।
नेपाल–भारतबाट परवानीपुरतर्फ जाँदै गरेको म. प्रदेश ०३ ००१ च ७९९२ नम्वरको सेतो रङ्गको बलेरो पिकअप गाडीलाई रोकेर चेकिङ्ग गर्दा गाडीमा तोड गरिएको माछा सहितको बलेरो पिकअप नियन्त्रणमा लिएको हो ।
पिकअपमा लोड रहेको माछाको कागजात परीक्षण गर्दा मेल नखाएको र माछा सहितको बलेरो गाडी सहित चालक वीरगन्ज वडा नम्बर २५ ड्राइपोर्ट बस्ने वर्ष ३४ को सरोज सहनी मलाहा र सहचालक जिल्ला बारा, विश्रामपुर गाउँपालिका, बडा नं. ५. इटियाही वस्ने वर्ष १८ को भोला कुमार कुशवाहालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले बरामद गरेको एक टन नौसय २० केजी माछाको मूल्य चार लाख तीन हजार दुईसय र गाडीको मूल्य २२ लाख गरी २६ लाख तीन हजार दुईसय मूल्यांकन गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।