बिनोद परियार
सँयुक्त अरब ईमिरेट्स युएई पश्चिम एसियाको अरबी प्रायद्विपको दक्षिण पुर्वमा अवस्थित राष्ट्र हो।यो एक बैकल्पिक राजतन्त्र मुलुक पनि हो।सन् १९७१ मा युएईको स्थापना भएको हो।यस अघि युएई सात राज्यमा बिभाजित थियो। आबुधाबी, दुबई,शारजाह, अजमान,उम्म अल क्वैन, फुजैराह र रास अल खैमाह हुन।प्रत्येक यी सात राज्यमा छुट्टा छुट्टै राजसँस्थाहरु छन।सबै राजसँस्थाहरु मिलेर सँघिय सर्वोच्च परिषद गठन गरिएको छ।परिषद मार्फत यहाँ राष्ट्रपति र प्रधानमन्त्री छनौट गरिन्छ।हाल आबुधाबीका राष्ट्रपति र दुबईका प्रधानमन्त्री रहेका छन ।युएईको क्षेत्रफल ७७,७०० बर्ग कि। मी। रहेका छन।क्षेत्रफलको हिसाबले सात वटा राज्य मध्ये आबुधाबीको भुमी क्षेत्र ठुलो रहेको छ भने सबैभन्दा सानो राज्य अजमान रहेको छ। त्यस्तै आबुधाबी युएईको राजधानी हो भने दुबई सबैभन्दा बढी जनसंख्या भएको शहर र एक अन्तर्राष्ट्रिय केन्द्र पनि हो।
यो देशको राष्ट्रिय धर्म ईस्लाम हो।राष्ट्रिय भाषा अरेबिक हो।आर्थिक श्रोत प्राकृतिक तेल र ग्यास नै हो।तेल उत्पादनमा यो देश बिश्वको सातौ स्थानमा र ग्यास उत्पादनमा बिश्वको १७ औ स्थानमा पर्दछ।पर्यटक क्षेत्रमा बिश्वको पाचौ स्थानमा यो देशको दुबई प्रख्यात राज्य र शहरमा पर्दछ।यो देशमा चल्ने मुद्रा दिरहम हो।यो देशको सरकारले आयकर लिँदैन, तर व्यापार कर र मुल्य अभिबृध्दि कर ५ प्रतिशत लिने गरेको पाईन्छ।यो देशमा महिलाहरु शत प्रतिशत सुरक्षित रहेको महशुश गर्छन।

चोरी र लुटपाटको घट्नाले सुरक्षित यो मुलुकमा सटर बिहिन पसलहरु अधिकाँश रातभरी सँचालन भएको पाईन्छ।यो देशको कानुन र ट्राफिक ब्यवस्था कडा छन।जेबा क्रसिङ्ग क्षेत्रमा १ देखि २ मिटरको दुरीमा गाडीहरु धैर्यताका साथ रोकि बटुवाहरुलाई सहज रुपमा आवत जावत गर्न सुबिधा प्रदान गरिएको छ। हरण निषेध राज्य घोषणा गरेको छ।प्रत्येक निर्माणधिन भवनहरु कम्तिमा ५ देखि १० फिटको दुरीमा बनाएको पाईन्छ।आवसिय र औधोगिक क्षेत्र छुट्टयाएको देखिन्छ।यो देशको पर्यटकिय घुम्ने मुख्य स्थलहरु क्रमशस् ब्रुज खलिफा, मिराकल गार्डेन, ग्लोबल भिलेज, फ्युचर म्युजियम , दुबई फ्रेम, जुमेराह बिईच, शेख जायद ग्रेड मस्जिद, हुदिरियात बिईच, स्वामीनारायण हिन्दु मन्दिर,नेशनल पार्क, साईन्स म्युजियम ,मरुभुमी सफारी,सिटी सेन्टर, एडभन्चर पार्क, फेमली पार्क, क्लासिक कार म्युजियम , द जु विल्ड लाईफ पार्क, फुजैराह मल, जोराह बिईच जस्ता रमरणीय स्थलहरु रहेका छन।

ईस्लाम मुलुक भएपनि यहाँ धर्म निरपेक्ष व्यवहार छन।यहाँ हिन्दु र मुस्लिम मन्दिरको सुरक्षा ब्यवस्था समेत कडा गरिएको छ।एक अर्कोको धर्मको बारे जान्न र बुझ्न मन्दिर र मस्जिद अवलोकन र दर्शन गर्न सार्वजनिक रुपमा सबैलाई खुल्ला र छुट दिएको पाईन्छ।