स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ शुक्रबारदेखि बीरगंजको नारायणी रंगशालामा १५ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ।
मधेस प्रदेशका खेलकुद परिषद् सदस्य सचिव शिवजी गुप्ताले उदघाटन गदै खेलाडी राष्ट्रका गहना हुन मधेस प्रदेशको पर्सा जिल्ला बाट धेरै भन्दा धेरै जिल्ला बाट छनौट भइ मधेस प्रदेशमा पनि उत्कृष्ट प्रदर्शन गरि यो जिल्लाको नाम उचाइमा पुराउन खेलाडीहरुलाई आग्रह गरेका छन् ।
खेलाडी जहिले पनि तयारी अवस्थामा रहनुपर्ने भएकोले मधेस प्रदेशको तर्फबाट आफुले खेलाडीहरुका लागि आगामी योजना मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने शारीरिक स्वास्थ्यका लागि पनि अति महत्त्वपूर्ण भएकोले खेलप्रति रुचि राख्ने खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उचाइमा पुराउन खेलाडीहरुको ठूलो हात रहने सदस्य सचिव गुप्ताले बताएका हुन ।
उनले भने खेलकुदमन्त्री पनि यहीँ जिल्लाको र सदस्य सचिव पनि यहीँ जिल्लाको भएकोले खेलाडीहरुलाई धेरै उपलब्धि हुने विश्वास ब्यक्त समेत गरेका छन् ।जिल्ला खेलकुद विकास समिति पर्सा बीरगंजले नारायणी रंगशालामा शुक्रबार र शनिबार गरि दुई दिनमा भलिबल ,कबडी,एथलेटिक्स ,कराँते ,तेक्वान्दो ,दौड ,हाइजम्प ,लङजम्प,लगायत खेलहरु आयोजना गरेको छ।
बीरगंज महानगरपालिका बाट पाँच खेलमा ९८ जना विद्यार्थी खेलाडीहरु सहभागी गराउने काम भएको छ ।उक्त खेलहरुमा सखुवा प्रसौनी गाउँपालिका,जिराभवनी गाउँपालिका पर्सागढीनगरपालिका लगायतका पालिकाहरुबाट समेत विभिन्न खेलमा भाग लिएका छन् । जिल्ला खेलकुद विकास समिति पर्सा बीरगंजका कार्यालय प्रमुख नाजिर हुसेन अन्सारीको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको हो ।
उदघाटन समारोह कार्यक्रम राष्ट्रिय खेलकुद परिषद नारायणी रंगशालाका मुकेश मण्डल ,कबडीका आकाश पटेल ,एथलेटिक्सका बिशेस्वर पटेल ,बीरगंज महानगरपालिका प्रकाश शर्मा ,राजकुमार महतो,सखुवा प्रसौनी गापाका राजकुमार चौधरी ,विक्रेता डंगोल लगायतको उपस्थित रहेको थियो ।