बारा — बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ बहुअरीमा २३ फिट चौडाइको सडक निर्माण विषयमा तीव्र विवाद उत्पन्न भएको छ। गाउँपालिकाको २०७९ साल माघ २० गते (२०७९/१०/२०) को कार्यपालिका बैठकले बहुअरीको मुख्य सडकमा २५ फिट नालासहित सडक निर्माण गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको थियो। तर, निर्णय भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् र आन्दोलनको तयारी थालेका छन्।
सर्वदलीय आन्दोलन समितिका अनुसार, केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थका कारण सडक निर्माणमा अवरोध पुर्याउँदै आएका छन्, जसले कानुनी प्रक्रिया समेत जटिल बनाएको छ। समितिले २०८१ साल असार १७ गते बसेको दोस्रो बैठकमा उपाध्यक्ष सुगान्धि देवी कानुईनको संयोजकत्वमा, सदस्य चौकट महतो धानुक र जगदीश साह कानुको उपस्थिति रहेको बैठकले सो क्षेत्रभित्र पर्ने घर, टहरा र संरचना भत्काएर हटाउने निर्णय गरेको स्मरण गराएको छ।
समितिले(२०७९/३/१७ को निर्णय) अनुसार तत्काल सडकमा रहेका सबै अवरोध हटाई निर्माण कार्य सुरु गर्न माग गर्दै तीन बुँदे माग सार्वजनिक गरेको छ—
1) पालिकाद्वारा दिइएको किटानी जाहेरी तत्काल फिर्ता गरी सडकसम्बन्धी छलफल समितिसँग गर्न।
2 ) २०८१/३/१७ को निर्णयअनुसार २३ फिट चौडाइमा सडक निर्माण कार्यान्वयन गर्न।
3) उपभोक्ता समिति खुला सभा र बैठकमार्फत सडकसम्बन्धी सम्पूर्ण जानकारी लिखित रूपमा जनतालाई सार्वजनिक गर्न।
समितिले पालिकाले समस्या समाधानका लागि छलफल नगरी केही व्यक्तिलाई लक्षित गरी जाहेरी दिएकोप्रति घोर आपत्ति जनाएको छ। साथै, माग पूरा नभए आन्दोलनलाई चरणबद्ध रूपमा चर्काउने कडा चेतावनी दिएको छ।