श्री ५ महारानी रत्न राज्यलक्ष्मी देवी शाह सरकारको ९८औं शुभ जन्मोत्सवको अवसरमा देशभक्त राजभक्त संस्थाले वीरगञ्ज आदर्शनगरस्थित बालमन्दिरको प्राङ्गणमा भव्य कार्यक्रम आयोजना गरेको छ।
समारोहको अध्यक्षता देशभक्त राजभक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारले गरेका थिए। कार्यक्रममा उपस्थित सहभागीहरूले महारानी रत्न राज्यलक्ष्मी देवी शाहको तस्वीरमा माल्यार्पण गर्दै उहाँको दिर्घायुको कामना गरेका थिए। उपस्थितहरूले ‘जय जयकार’ गर्दै जन्मोत्सवलाई उल्लासपूर्ण वातावरणमा मनाए।
कार्यक्रममा जेष्ठ नागरिक तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
उपस्थित प्रमुखमध्ये पशुपति विक्रम शाह, उषा शाह, हिरा बहादुर चन्द, ध्रुवसिंह ठकुरी, जनक साह, महेन्द्र प्रसाद साह, अब्दुल सत्तार अन्सारी, उमाशंकर रौनियार, रामनरेश पाण्डे, रामविनोद पाण्डेलगायत रहेका थिए।
बालमन्दिर प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा स्थानीयबासी, सामाजिक संघ–संस्थाका प्रतिनिधि र विभिन्न व्यक्तित्वहरूको सहभागिताले कार्यक्रम अझ भव्य बनेको थियो। उपस्थितहरूले महारानीको योगदान र सेवामुखी जीवनलाई स्मरण गर्दै उहाँप्रतिको सम्मान व्यक्त गरेका थिए।
आयोजक संस्थाले जन्मोत्सवलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै यसले समाजमा एकता, सांस्कृतिक गौरव र देशप्रतिको समर्पणलाई अझ सबल बनाउने विश्वास व्यक्त गरेको छ।