बारा । बाराको करैयामाई गाउँपालिका वडा नम्बर–७ मा रहेको श्री जनता माध्यमिक विद्यालय, प्राविधिक शिक्षालय उमजनको प्राङ्गणमा ३ दिने पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। करैयामाई गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सञ्चालन गरिएको थियो।
कार्यक्रम करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा तथा श्री जनता माध्यमिक विद्यालय उमजनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृज चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए। नतिजाअनुसार श्री जनता माध्यमिक विद्यालय उमजन प्रथम, श्री जन सामुदायिक माध्यमिक विद्यालय मधुबन हरैया दोस्रो, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय तेतेरिया तेस्रो तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा बजार चौथो स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रममा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव, उपाध्यक्ष सुनैना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, स्वास्थ्य शाखा प्रमुख जितेन्द्र पासवान, लेखा सहायक धिर्जानन्द साह, शिक्षा सह–संयोजक उमेश प्रसाद यादव, प्रधानाध्यापकहरू रामनाथ चौधरी, रामबाबु प्रसाद यादव, सन्तोष रजक, गोपाल चौधरी, शम्भु कुशवाहा, गाउँपालिकाका पूर्व शिक्षा संयोजक लक्ष्मण भट्टराई, शिक्षिका लालमणी चौधरी तथा सञ्चारकर्मीहरू दिपेन्द्र जयसवाल, राजन चौधरीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक उमेश चौधरीले गर्नुभएको थियो।