एकताका चर्चित क्लब युवा स्पोर्ट्स क्लबको वर्तमान कार्य समिती बिघटन गरिएको छ । शुक्रबार बीरगंजमा क्लककापूर्व अध्यक्ष एवं संस्थापक सदस्य दिनानाथ प्रसाद रौनियारको अध्यक्षतामा बसेको पूर्व अध्यक्षहरूको भेलाले हालको कार्यसमिति विघटन गरेको हो । बैठकले आगामी असार २१ गते महाधिवेशन तथा साधारण सभा गर्ने निर्णय समेत गरेको छ।
भेलामा वर्तमान अध्यक्ष संजय थापाले पूर्व अध्यक्षहरूलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा स्वीकृत भएपछि कार्यसमिति आधिकारिक रूपमा विघटन गरिएको हो।
कार्यसमिति विघटनपछि क्लबको दैनिक कार्य सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले पूर्व अध्यक्ष रमेश श्रेष्ठलाई साधारण सभा सम्पन्न नभएसम्मका लागि अस्थायी रूपमा क्लबको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्रदान गरिएको छ।
हाल युवा स्पोर्ट्स क्लबका जीवित पूर्व अध्यक्षहरूमा दिनानाथ प्रसाद रौनियार, वसन्त लामा, मधुकृष्ण महर्जन, सुमन श्रेष्ठ, रमेश श्रेष्ठ, जगर्नाथ प्रसाद कानु, र प्रमोद परियार रहेका छन्। यसअघि क्लबमा अध्यक्ष भइसकेका गोपाल गिरी, राजेन्द्र अर्याल, दीपक लाल पार्थिव र शुशील तामाङको निधन भइसकेको छ।
क्लबको नेतृत्व परिवर्तन र आगामी महाधिवेशनले क्लबलाई नयाँ दिशातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।