नेपाल पत्रकार महासंघ, मधेश प्रदेशलाई जनकपुरधाम उपमहानगरपालिकामा रहेको श्रीराम मन्दिर गुठीको ४ कट्ठा जग्गा प्राप्त हुने निर्णय भएको छ।
मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले आईतबार समाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै सो जानकारी गराएका छन । बन्जारा लेख्छन अब सो निर्णयसँगै महासंघले भव्य भवन निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ।
महासंघले यो जग्गा प्राप्तिलाई कठिन परिश्रम र लामो संघर्षको प्रतीकको रूपमा लिएको छ। विभिन्न अवरोधका बीच, आत्मबल र पत्रकार एकताको जगमा आधारित यो उपलब्धिलाई महासंघले अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक मानेको छ।
केही पक्षबाट अवरोध र असहयोगको प्रयास भइरहे तापनि, ती सबै चुनौतीहरू पार गर्दै यो सफलता प्राप्त भएको हो। महासंघले ती आलोचकहरूलाई पनि सकारात्मक रुपमा ग्रहण गर्दै आभार प्रकट गरेको छ, जसका कारण यो प्रक्रियामा गति मिलेको बताएका छन ।
अध्यक्ष बन्जाराले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहयोग, सुझाव र पत्राचार अमूल्य रहेको लेखेका छन। विशेषगरी महासचिव रामप्रसाद दाहाल, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, तथा केन्द्रीय सदस्य तथा सल्लाहकार राजेश कर्णको भूमिका महत्वपुर्ण रहेको बताएका छन । यस्तै, प्रेस चौतारीका महासचिव हिरामान लामा, प्रदेश इन्चार्ज अच्युत पौडेल, प्रेस सेन्टरका नेता गोविन्द देवकोटा, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको योगदानलाई पनि अमूल्य पूँजीूका रूपमा मूल्याङ्कन गरेका छन ।
गुठी केन्द्रसम्म पुगेर अनवरत खटिने मधेश प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, महासचिव शैलेन्द्र क्रान्ति, उपाध्यक्ष ज्योति झा, सचिव हदिश खुदार, दीपक गौतम, कोषाध्यक्ष अनिल गौरव लगायत सिंगो कार्यसमितिका योगदान प्रशंसनीय भएको अध्यक्ष बन्जाराले लेखेका छन ।

जग्गा प्राप्तिपछि भवन निर्माणमा कुनै कञ्जुस्याँई नगरिने, आवश्यकता अनुसार खर्च गर्ने प्रतिबद्धता पनि महासंघले व्यक्त गरेको छ। यसमा मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवको सहकार्य विशेष रहको बताएका छन ।
महासंघले अन्तमा, केन्द्र, प्रदेश र जिल्लास्तरका पत्रकार, सञ्चार संस्था, शुभचिन्तक, गुठी प्रशासक र समस्त कर्मचारीहरू सबैप्रति आभार प्रकट गरेको छ।
