नेपाल डेन्टल एशोसिएसन, पर्सा शाखाको नव–निर्वाचित कार्यसमितिलाई पुरानो समितिबाट दस्तावेज तथा सामग्री हस्तान्तरण गरिएको छ।सो कार्यक्रम शुक्रबार नेपाल मेडिकल एशोसिएसन भवन, वीरगञ्जमा सम्पन्न भएको हो।साउन १७ गते सम्पन्न निर्वाचनबाट चयन भएका नयाँ पदाधिकारीलाई पुरानो समितिले माईन्युट बुक, कोषाध्यक्षको पुस्तक, चेकबुक, इमेल आईडी, बैंक हस्ताक्षर परिवर्तन पत्रसहित आवश्यक सम्पूर्ण सामग्रीहरू विधिवत रूपमा हस्तान्तरण गरेको हो।
साउन १७ गते सम्पन्न निर्वाचनबाट अध्यक्षाम डा. धनञ्जय माली,उपाध्यक्षमा डा. हरीश कुमार शाह,महासचिवमा डा. रेयाजुल हक,कोषाध्यक्षमा डा. विकास कुमार पटेल,सह–सचिव डा. रुद्र प्रताप साह,सदस्यहरुमा डा. राम प्रकाश राय चनऊ,डा. स्वाति रानी गुप्ता,डा. सुरभी मिश्र,डा. मुकुन्द दाहाल निर्वाचित भएका थिए ।
चिकित्सकहरूको हकहित र सीप विकासका लागि संघ निरन्तर क्रियाशील रहने उपाध्यक्ष हरिष साहले बताए । उनले भने, “नेपाल डेन्टल एशोसिएसन, पर्सा शाखाले निरन्तर शैक्षिक कार्यक्रम आयोजना गर्दै आएको छ, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका वक्ताहरूबाट ज्ञान र सीपको आदानप्रदान गरिन्छ। हामी अनुसन्धान, सुधार र अभ्यासी शिक्षामा केन्द्रित भएर काम गर्नेछौं।”
हस्तान्तरण कार्यक्रममा एशोसिएसनका सदस्यहरू साथै पूर्व कार्यसमितिका पदाधिकारीहरू तत्कालीन अध्यक्ष डा. कौशल कुमार सिंह, उपाध्यक्ष डा. हरीश कुमार शाह, कोषाध्यक्ष डा.असद हुसेन र सह–सचिव डा. सुशील साहको उपस्थिति थियो।नयाँ कार्यसमितिको कार्यकाल २०८४ सम्म रहनेछ।