गणेश चतुर्थीको अवसरमा वीरगञ्ज महानगरपालिका–६ स्थित माईस्थान परिसरमा सातौँ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको गणेश पूजा महोत्सव भव्य रुपमा सुरु भएको छ। भाद्र ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवलाई माईस्थान युवा क्लबले आयोजना गरेको हो।
क्लबका अध्यक्ष राहुल रौनियारका अनुसार महोत्सवको मुख्य आकर्षणका रूपमा २५१ केजी तौलको लड्डु तयार पारिएको छ। पाँच दिनसम्म चल्ने पूजामा दैनिक विशेष पूजन, भजन–कीर्तन, र सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ।पुजामा अनुमानित ५ लाख खर्च हुने अध्यक्ष रौनियारले जानकारी दिए ।
महोत्सवका प्रमुख पण्डितमा पुरुषोत्तम दुबे रहेका छन् भने क्लबका उपाध्यक्ष शिवम पटेल, सचिव सागर सर्राफ, कोषाध्यक्ष लखन गुप्ता र सदस्यहरू सुमित दास, सुवास कुमार गुप्ता, अंकित मिश्रा, पवन सर्राफ, विक्रम गुप्ता तथा रोहित सर्राफ सक्रिय रहेका छन्। कार्यक्रमलाई सफल बनाउन पप्पु गुप्ता, आकाश गिरी, विक्रम गुप्ता, रञ्जित कलवार, दिपु गुप्ता, सन्तोष पौडेल र अनिल सर्राफ सल्लाहकार समितिमा रहेका छन्।
सो अवसरमा माईस्थानबाट शोभायात्रा निकालिएको थियो। नगर परिक्रमा गरी पुनः माईस्थानमै पुगेको उक्त शोभायात्रामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको अध्यक्ष रौनियारले जानकारी दिए।
पुजा समारोहलाई वीरगंज महानगरकापालिका मेयर राजेशमान सिंहले साँझ उद्घाटने गर्ने अध्यक्ष रौनियारले जानकारी दिए । रौनियारले बिहान ७ बजे पुजा र आरती ७ः३० बजे हुने बताए ।
स्थानीयस्तरमा धार्मिक र सांस्कृतिक ऐक्यबद्धता कायम गर्ने उद्देश्यले आयोजना गरिएको गणेश पूजा महोत्सवमा वीरगञ्जका विभिन्न क्षेत्रका श्रद्धालुहरूको भीड लाग्ने अपेक्षा गरिएको छ।
