संविधान दिवस २०८२ को अवसर पारेर नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा संविधानको महत्त्व, यसको संरक्षण र कार्यान्वयनका चुनौतीबारे विस्तृत चर्चा गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य विजय सरावगीले संविधान सबै नेपालीको साझा दस्तावेज भएको उल्लेख गर्दै यसको रक्षा नगर्ने हो भने देश गृहयुद्धमा फस्न सक्ने चेतावनी दिए। उनले संविधानले सबै वर्ग, समुदाय र भौगोलिक क्षेत्रलाई अधिकार सुनिश्चित गर्ने आधार बनाएको भन्दै यसको सफल कार्यान्वयन नै मुलुकको स्थायित्व र विकासको मार्ग भएको बताए। संविधानको सही कार्यान्वयन र रक्षा नगरेसम्म मुलुकले सुशासन, विकास र स्थिरता हासिल गर्न नसक्ने सरावगीको भनाइ थियो।
त्यसैगरी, एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले संविधानले दिएको अधिकारलाई व्यवहारमा उतार्न राजनीतिक दलहरू गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याए। संबिधान सभाका सदस्य समेत रहेका यादवले संविधानमाथि बाह्य तथा आन्तरिक दुवै खाले चुनौती रहेकाले त्यसको रक्षा सबै दलको साझा जिम्मेवारी रहेको बताए । उनले संविधानले संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र अधिकार सुनिश्चित गरेर ऐतिहासिक उपलब्धि दिलाएको तर यसको कार्यान्वयनमा सरकार कमजोर देखिएको टिप्पणी गरे।
कार्यक्रममा मधेश प्रदेशका सदस्य मेघराज पासवान, रन्जु फुयाल, नेकपा एमाले पर्साका लेखा समितीका संयोजक शिवजि गुप्ता, नेकपा एमाले वीरगंज महानगरका पुर्व अध्यक्ष राजेन्द्र यादव, पुर्व मधेश प्रदेश कमिटी सदस्य जलन्धर पटेल, यातायात व्यवसायि संघका केन्द्रिय उपाध्यक्ष जगरनाथ कलवार, युवा नेता पिन्टु उपाध्यक्ष ,राघव पटेल,रेयाज अहम्द अंसारी,भगवान पटेल लगायत ३२ वटै वडाका नगर कमिटी सदस्यहरुको उपस्थिी थियो । कार्यक्रम वीरगञ्ज महानगर कमिटीका सचिव लियाकत अलिको अध्यक्षतामा सम्पन्न भएको थियो।