सनराइज सामुदायिक सिकाई केन्द्रको १६औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । वीरगंज–२३, प्रसौनी बिर्तास्थित पुरानो पञ्चायत भवनमा बिहान सो कार्यक्रम सम्पन्न भएको हो । वडा अध्यक्ष अवधकिशोर कुशवाहाको प्रमुख आतिथ्यता एवं सिकाई केन्द्रकी अध्यक्ष रिता चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका स्वागत मन्तव्य राख्दै सचिव रेखा दासले उपस्थित सबैलाई स्वागत गर्दै वडा दशैं र छठको शुभकामना व्यक्त गर्नुभयो । उहाँले समुदायमै आधारित भएर सञ्चालन हुँदै आएको यस सिकाई केन्द्रले स्थानीय महिलाहरुलाई सशक्त बनाउन, बालबालिकालाई सिकाइमा सहज बनाउन र सामाजिक चेतना अभिवृद्धिमा योगदान दिँदै आएको बताउनुभयो । आगामी दिनमा अझै ठूला योजनासहित अघि बढ्ने सचिव दासले बताउनुभयो ।
सो अवसरमा सचिव दासले २०८१/८२ को वार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अघिल्लो वर्षको मौज्दात ६ हजार ९९५ रुपैयाँसहित यस वर्ष २ लाख ५० हजार मौज्दात रहेको जानकारी दिनुभएको थियो । सचिव दासले दुई वडाको घरधुरी सर्वेक्षणका लागि १ लाख ७० हजार, शैक्षिक भ्रमणका लागि ७० हजारसहित जम्मा ४ लाख ९६ हजार ९९५ रुपैयाँ आम्दानी भएको र खर्चतर्फ १३ महिनाको तलबभत्ता १ लाख ९५ हजार, लेखा परीक्षणका लागि १० हजार, लैङ्गिक हिंसा विरोधी कार्यक्रमका लागि २० हजार तथा शैक्षिक भ्रमणमा ७० हजार खर्च भएको प्रतिवेदन प्रस्तुत गरेकि थिईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कुशवाहाले “सिकाई केन्द्रले महिलालाई मात्र नभई सम्पूर्ण समुदायलाई शिक्षाको महत्व बुझाउने काम गरेको बताउनुभयो । वडा कार्यालयबाट पनि यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरि शिक्षा शाखा प्रमुख आनन्द लामिछानेले पनि महानगर पनि आफ्नो तर्फबाट शिक्षा क्षेत्र सुधारमा यस्ता संस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताए । ।”“समाजलाई सचेत बनाउन सामुदायिक सिकाई केन्द्रले ठूलो योगदान दिएको छ । यसले महिलाको आत्मनिर्भरता र बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । राजनीतिक दल, स्थानीय निकाय र समुदाय सबै मिलेर यसलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखे।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रिता चौधरीले सबै अतिथि र सहभागीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै सशक्त कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य कान्ति देवी, एमाले नेता रेयाज अहम्द अंसारी, काँग्रेसका नेता ध्रुप यादव ,मेयरका प्रेस सल्लाहकार नवराज फुयाल, शिक्षक नरेश साह, संतोष गुप्ता ,समाजसेवी दिना दास, अच्छेलाल पासवान लगायत महिला बचत तथा ऋण कार्यक्रमका पदाधिकारी, सहकारी संस्था, अभिभावक, समाजसेवी तथा स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण समाजसेवी जितेन्द्र महतोले गरेका थिए ।
