असोज १७ गते रातिदेखि १८ गतेसम्म निरन्तर परेको अविरल वर्षाले वीरगंज सहित आसपासका क्षेत्रको जनजीवन प्रभावित बनेको छ । लगातारको वर्षाले श्रीसिया नदीमा पानीको मात्रा तीव्र रूपमा बढेपछि बाढी बस्तीमा पस्दा स्थानीयवासीको दैनिकी निकै कठिन बनेको हो ।
श्रीसिया नदीमा आएको बाढीका कारण बिशेषगरि वीरगंज महानगरपालिकाका वडा नम्बर १०,११ ,१३ २३, , २०, लगायतका वडाका वासिन्दा बढि प्रभाबति बनेका छन । राधेमाई,श्रीपुर,रानीघाट,आर्दशनगर,रामगढवा लगायतका टोलका स्थानियहरु बढि प्रभाबित बनेको प्रहरीले जनाएको छ । महानगर अन्र्तगतका बिभिन्न सडकमा पानीको जमघटले आवतजावतमा समेत समस्या परेको छ । रातभर पानीको सतह बढेपछि स्थनियहरु घरका सामान सुरक्षित स्थानमा सार्न व्यस्त रहेका थिए । केही ठाउँमा स्थानीय स्वयंसेवक, प्रहरी र सशस्त्र प्रहरी दलले सहयोगका हात बढाएका थिए ।हाल बिहानदेखि वर्षा रोकिएको र बस्तीमा पसेको पानी बिस्तारै घट्दै गएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
यता
अविरल वर्षापछि आएको बाढीमा फसेका दर्जनौँ व्यक्ति र पशुचौपायाको उद्धार गरिएको छ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा जिल्लाका विभिन्न स्थानबाट ३८ जनाको जीवित उद्धार गरिएको हो।
प्रहरीका अनुसार, पोखरिया नगरपालिका–२ बाट २० जना, वीरगञ्ज महानगरपालिका–१३ राधेमाईबाट ७ जना वयस्क र ५ जना बालबालिका गरी १२ जना, वीरगञ्ज–११ बिद्यापति नगरबाट ७ जना तथा वीरगञ्ज–१६ भुटनदेवी मन्दिर नजिकबाट ४ जनाको उद्धार गरिएको हो।यसैबीच, रामगढवास्थित वीरगञ्ज गौशाला गाई फार्म बाढीले प्रभावित बनेको छ। फार्ममा रहेका १३२ वटा पशुचौपाया सुरक्षित रूपमा उद्धार गरिएका छन् भने एक गाईको मृत्यु भएको गौशाला व्यवस्थापन समितिले जनाएको छ।बाढीका कारण बस्तीहरूमा पानी पसेको र दैनिक जनजीवन प्रभावित बनेको स्थानीय प्रशासनले जनाएको छ।
प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
