रक्सौल, पूर्वी चम्पारण
छठ पूजाको शुभ अवसरमा समाजसेविका पार्वती तिवारीले रक्सौलको आईसीपी रोडस्थित स्थानीय महेर ममता निवासमा पुगेर ५० जना असहाय दिदीबहिनीहरूलाई दिउँसोको र बेलुकाको खाना खुवाएर मानवीय मानवताको उदाहरण प्रस्तुत गरेकी छिन् ।उनले भनिन् यो सेवा श्रद्धा, भक्ति र समर्पणले भरिएको वातावरणमा मैले उनीहरूलाई खान खुवाउने अवसर पाएकाले धेरै खुशी लागेको बताएकी हुन ।
कार्यक्रममा सबै दिदीबहिनीहरूले छठी मैयाबाट आशीर्वाद लिए र सौहार्दपूर्ण वातावरणमा खाना खुवाउने कार्यक्रम स्थलभरि भक्ति र सेवाको भावना स्पष्ट देखिएको बताएका छन् ।
समाजसेवी तिवारीले भनिन्, ूछठी मैयालाई धन्यवाद, आज म ५० जना दिदीबहिनीहरुको सेवा गरेर खाना खुवाउन पाउनु भाग्यशाली भएको बताएकी हुन ।समाजसेवी तिवारीले भनिन् मेरो हार्दिक प्रार्थना छ कि भविष्यमा, मलाई यस्ता हजारौं दिदीबहिनीहरूको सेवा गर्ने अवसर प्रदान गरुन् र खान खुवाउने आशीर्वाद मिलोस् भनेर प्रार्थना गरेकी छिन् ।
उनले यस पवित्र अवसरमा आफूलाई सहयोग गर्ने आफ्ना सबै प्रिय साथीहरू र शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त समेत गरिन्। उनका अनुसार, यो प्रयास सबैको सहयोग माया र स्नेहले मात्र सफल भएको बताइन् ।
छठ पूजाले सूर्य पूजा, मातृशक्तिको सम्मान, र समाजमा एकता र करुणाको प्रतीक हो। यस्तो अवसरमा गरिएको यो सेवा कार्यले समाजको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गर्दछ र सेवाको संस्कृतिलाई बलियो बनाउँछ। समाजसेवी तिवारीले भनिन्,म छठीमैयालाई सबैमाथि आफ्नो आशीर्वाद दियुन र मलाई सधैं सेवाको मार्गमा हिंड्ने शक्ति प्रदान गरुन् भन्दै प्रार्थना गर्छुभनेर बताएकी छिन् ।