भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि विभिन्न दर्जाका दुई दर्जनबढी प्रहरी बेपत्ता भएको पाइएको छ । कार्यालयमा जानकारी नगराईकन २७ जना प्रहरी कर्मचारी गैरहाजिर रहेको खुलेको हो ।
बेपत्तामध्ये जेनजी प्रदर्शनअघि दुई र पछि २५ जना रहेको र उनीहरूको खोजबिन शुरु गरेको प्रहरी मुख्यालयले जनाएको छ । मुख्यालयले सार्वजनिक सूचना निकालेर उनीहरुलाई सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
स्पष्टीकरण सोधिनेमा प्रहरी सहायक निरीक्षक रामप्रसाद गौतम, हवल्दार राजकुमार राई, भरत कट्टेल, सहायक हवल्दार मुस्कान लिम्बु, बद्रीविक्रम थापा, गंगाबहादुर विष्ट रहेका छन् ।
त्यसैगरी, प्रहरी जवान सुजन मगर, सनु सार्की, डिकल कार्की, राजु लामा, दिपेश मगर, दिपक विक, अञ्जान लिम्बु, सन्तोष राई, पुस्कल राई, शिवकुमार राई, युवराजकुमार मण्डल, पारस खत्री, सुदन रिजाल, निर्मला तिलिजा, रमेश क्षेत्री, खेमकुमारी गैरे, विष्णुराज बुढाथोकी, प्राविधिक प्रहरी जवान नविनकुमार कुशवाहा, निश्चल विश्वकर्मा, विमल लामिछाने र कार्यालय सहयोगी हिमान्सुविक्रम चन्दलाई स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ ।
तोकिएको समयमा स्पष्टीकरणसहित उपस्थित हुन नआएमा सेवाबाट हटाउने मुख्यालयको चेतावनी छ ।