वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको मान्यतासहित पुनः ठूलो सम्मान हात पारेको छ। आर्थिक वर्ष २०८१र०८२ का लागि कलेजलाई ‘उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक संस्था’ घोषणा गर्दै बिहीबार सिंहदरबारमा आयोजित ८औं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले सन्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री कार्कीले कलेजका अध्यक्ष प्रा।डा। जैनुद्दिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै कलेजले प्रदेशभरका बिरामीहरूलाई गुणस्तरीय, समयमै र समावेशी सेवा उपलब्ध गराएकोमा प्रशंसा गरिन्।
नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आसिक अन्सारीका अनुसार, सामाजिक सुरक्षा कोषद्वारा कलेजलाई लगातार दोस्रो वर्ष सम्मानित गरिएको हो। “गत आर्थिक वर्ष २०८०र८१ मा पनि मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेकै आधारमा कलेजसम्मानित भएको थियो,” अन्सारीले जानकारी दिए। उनका अनुसार कलेजले प्रदेशका आठवटै जिल्लाबाट आउने बिरामीलाई आधुनिक उपकरण, अनुभवी चिकित्सक तथा सहज आपत्कालीन सेवा उपलब्ध गराउँदै प्रदेशको स्वास्थ्य क्षेत्रको स्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
नेशनल मेडिकल कलेजलाई पछिल्ला वर्षहरूमा मधेस प्रदेशका नागरिकहरूका लागि सबैभन्दा भरपर्दो स्वास्थ्य केन्द्रको रूपमा हेरिन थालिएको छ। भीडभाड र सीमित स्रोतबीच पनि अत्याधुनिक सेवा निरन्तर विस्तार गर्दै आएको कलेजले विशेष गरी ग्रामीण क्षेत्रबाट आउने आर्थिक रूपमा कमजोर बिरामीका लागि सहुलियतपूर्ण सेवा उपलब्ध गराउँदै आएको छ। कलेजले सामान्य उपचारदेखि जटिल शल्यक्रिया, ट्रमा सेवा, प्रसूति तथा नवजात शिशु स्वास्थ्य सेवा लगायतका क्षेत्रमा उल्लेखनीय सुधार गर्दै प्रदेशकै स्वास्थ्य पहुँचलाई मजबुत बनाएको छ।
एकपछि अर्को वर्ष उत्कृष्टताको सूचीमा पर्नु नेशनल मेडिकल कलेजका लागि गर्वको विषय भएको टिप्पणी स्वास्थ्य क्षेत्रका विज्ञहरूले गरेका छन्। सामाजिक सुरक्षा कोषले क्रमिक रूपमा गरिरहेको मूल्यांकन र सूचकाङ्कमा कलेज निरन्तर अग्रपंक्तिमा रहनुले संस्थाको पारदर्शिता, सेवा–गुणस्तर र चिकित्सकीय कार्यसम्पादनप्रतिको प्रतिबद्धता प्रस्ट भएको उनीहरूको भनाइ छ। प्रदेशका विभिन्न जिला अस्पतालहरू, निजी स्वास्थ्य संस्था र स्थानीय उपचार केन्द्रहरूसँगको प्रतिस्पर्धा जित्दै कलेजले प्रदेशका नागरिकको विश्वास जित्न सफल भएको छ। बिरामी तथा अभिभावकहरूले कलेजको व्यावहारिक नर्सिङ सेवा, चिकित्सकको पहुँचयोग्य परामर्श र आपत्कालीन अवस्थामा तुरुन्तै उपलब्ध हुने प्रभावकारी उपचारबारे सकारात्मक प्रतिक्रिया दिने गरेका छन्।
कलेजका अध्यक्ष प्रा।डा। अन्सारीले सम्मानले संस्थाको जिम्मेवारीलाई अझ बढाएको बताए। “यो उपलब्धि हाम्रो टीमवर्क, समर्पण र प्रदेशका नागरिकप्रतिको सेवाभावको परिणाम हो। आगामी वर्षहरूमा पनि कलेजलाई अझ प्रविधिमैत्री र सेवा–केन्द्रित बनाउँदै लैजाने लक्ष्य राखेका छौं,” उनले भने।