वीरगञ्ज– राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति पर्साले शुक्रबार होटल क्लासिक ब्याङकमा पत्रकार सम्मेलनमार्फत आफ्नो पार्टीले समानुपातिक सांसद छनौट गर्ने बारेमा सार्वजनिक गरेको पर्सा जिल्ला सभापति हरि पन्तले जानकारी दिनुभएको छ।
पत्रकार सम्मेलनमा सभापति पन्तले बताए अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८४ को समानुपातिक बन्दसुचीका लागि उम्मेदवार छनोट पुर्ण पारदर्शी र बैज्ञानिक समावेशी बनाउने उदेश्यले केन्द्रीय समिति बाट मापदण्डहरु स्पष्ट सक्षम योग्य ल्याउने सभापति पन्तले बताएका हुन ।सभापति पन्तको भनाइ अनुसार उमेदवार छनौट गर्दा पार्टीको जिम्मेवारी देखि लिएर लिडरसिप एकेडेमी पोलिटिकल प्रोक्सिमिटि समावेशीता प्रारम्भिक निर्वाचन अनिवार्य हुनुपर्ने उल्लेख गरिएको बताएका छन् ।
सांसद पदमा उमेदवार हुने ब्यक्ति नेपालको कानुन बमोजिम अयोग्य नठहरिने, प्रहरी रिपोर्ट पेस गरेको प्रचलित कानुन बमोजिम कालोसुचीमा नपरेको, पारिवारिक आधारभूत आवश्यकता पुरा गर्न सक्ने, पारदर्शी आम्दानी स्रोत भएको सम्पत्ति विवरण पार्टीलाई बुझाएको हुनुपर्ने, पार्टीको अनुशासन समितिले अयोग्य ठहर नगरेको हुनुपर्ने, राजनीतिक अन्य दल त्यागेको हुनुपर्ने र सार्वजनिक पदको दुरुपयोग नगरेको लगायत ९ वटा सर्तहरू पुरा गरेको खण्डमा समानुपातिक सांसद पदमा योग्य हुने सभापति पन्तले सो पत्रकार सम्मेलनमा बताएका छन् ।उनले भने आफ्नो पार्टीको स्पष्ट धारणा के छ भने नेपालको स्वतन्त्रता सार्वभौमिकता भौगोलिक अखण्डता संस्कृतिक विविधता युक्त राष्ट्रिय एकतालाई सुशासन दिगो शान्ति र समृद्धि ल्याउनु पार्टीको मुख्य संकल्प रहेकोले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य लागि अहिले देखि नै तयारी गर्न लागेको सभापति पन्तको भनाइ रहेको छ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव ,मधेस प्रदेशका संगठन विभाग उपप्रमुख प्रमोद कुमार मधेस प्रदेश शिक्षा प्रमुख सबु कडेल, उपप्रमुख सोनालाल पटेल ,पर्सा जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, जिल्ला सहसचिव तथा पर्सा संगठन प्रमुख कृष्ण पासवान, पुरुषोत्तम उपाध्याय, मधेस प्रदेशका संचार प्रमुख राम सरार्फ तथा प्रदिप पटेल लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।