नेकपा एमाले रौतहटले एघारौं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधि टुंगो लगाएको छ ।
रौतहट–४, मा मतदानबाट प्रतिनिधि चयन गरिएको छ । बाँकी क्षेत्रमा भने निर्विरोध चयन भएका छन् ।
रौतहट–१, बाट बबन सिंह, सचिदानन्द साह, संजीव यादव, पावन देवी, र सरस्वती देवी प्रतिनिधि चयन भएका छन । रौतहट–२, बाट जयचन्द्र प्रसाद पटेल, गौरीशंकर प्रसाद जयसवाल, मोहम्मद जैद आलम र परनिया देवी पटेल चयन भएका छन ।
रौतहट–३, बाट केशव राय, नागेन्द्र राय यादव, जयराम चौधरी, अरविन्द कुमार यादव, जयराम यादव, सन्जु कुमारी कुशवाहा र कान्ति देवी चयन भएका छन ।
रौतहट–४, बाट शिवप्रसाद आचार्य, रामजी साह, शकुन्तला कुमारी, मुना सुवेदी, रवि राना मगर महाधिवेशन प्रतिनिधि चयन भएका छन । दलित तर्फ जितबहादुर बिक, रामपुकार दास र शोभा कुमारी चयन भएका छन् ।
रौतहटको सबै क्षेत्र र क्लस्टर गरी २४ जना प्रतिनिधि चयन भएका छन् ।