नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ लाई लक्षित गर्दै संयुक्त तथा क्षेत्र नम्बर २ को लागि क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
आईतबार नेकपा एमाले मधेश प्रदेश उपाध्यक्ष तथा वीरगञ्ज महानगर कमिटीका नेता विचारि प्रसाद यादवको संयोजकत्वमा वीरगञ्ज महानगर कमिटी, महानगर सल्लाहकार समिति तथा विभिन्न वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू समेटेर पर्सा निर्वाचन क्षेत्र नं. १ र २ का लागि ५५१ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको हो।
गठित समितिमा नवराज शर्मा, राजेन्द्र यादव, बासु शर्मा, लियाकत अली, जय नारायण सिंह कुर्मी, अजय कुमार साह, विमला श्रीवास्तव, अनन्त साह, राघव पटेल, राजकिशोर गुप्ता, सलाउद्दिन मिया चुडिहार, साहेद हुसेन, निभा पोखरेल, विकास कुमार रौनियार, सुमित्रा देवी, सावित्री देवी, अमन कुमार पटेल, जुगु मण्डललगायतका नेताहरू सदस्य रहेका छन्।
त्यसैगरी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का इन्चार्ज विजय कुमार सरावगीको संयोजकत्वमा क्षेत्रीय निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ। उक्त समितिमा मधेश प्रदेश कमिटी, जिल्ला कमिटी तथा क्षेत्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरू समावेश गरिएको जनाइएको छ।
क्षेत्रीय निर्वाचन परिचालन समितिमा विचारि प्रसाद यादव, शिव पटेल, महेश दास, मनोज कुमार कुशवाहा, ध्रुव साह, रिमला खातुन, बिना शर्मा, गोविन्द पाठक, पुरन पटेल, सुपमा कुशवाहा, नविजान मिया, सिता लामा, ओम प्रकाश साह , खुर्सद आलम, केदारनाथ तिवारी, हरिराम पटेल, अफजल हुसेन, प्रदीप यादव र अजय गुप्तालगायत सदस्य रहेका छन्।
नेकपा एमालेले दुवै समिति गठनसँगै पर्सा १ र २ मा निर्वाचन अभियानलाई थप सशक्त बनाउँदै पार्टीलाई जिततर्फ अग्रसर गराउने विश्वास व्यक्त गरेको छ।
