नेकपा एमाले पर्सा २ कि उम्मेदवार रिमा कुमारी यादवले वीरगंज–२८ ईनरवामा सोमबार घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। सो अवसरमा यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका शिक्षा, स्वास्थ्य, सडक, कृषि र अन्य विकासका चुनौतीबारे जानकारी लिइन्।
यादवले क्षेत्रको समग्र विकासका लागि राजनितिमा होमिएको जिकिर गर्दै यसअघि निर्वाचित जनप्रतिनिधिले अपेक्षित काम नगरेको कारण आफु राजनीतिमा होमिएको बताईन ।
घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं वीरगंजका पूर्व मेयर बिजय सरावगी, पार्टीका वीरगंज महानगर सचिव एवं कार्यवाहक अध्यक्ष लियाकत अलि, लेखा समितिका संयोजक अजय साह, सह–सचिव जयनारायण सिंह कुर्मी, नेतृ सिता लामा लगायत अन्य स्थानीय नेता र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

स्थानीय बासिन्दाले उम्मेदवारसँग प्रत्यक्ष संवादको अवसर पाउँदा खुशी व्यक्त गरेका थिए। उनीहरूले आफ्नो दैनिक जीवनका समस्याहरूको समाधानमा ध्यान दिन यादवसँग अनुरोध गरेका थिए। यादवले क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक, कृषि र सामाजिक विकासका क्षेत्रमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरिन ।
घरदैलो कार्यक्रममा महिलाहरूको सक्रिय सहभागिताले पनि सकारात्मक संकेत दिएको थियो। यादवले महिलालाई राजनीतिमा अगाडि ल्याउने र समुदायमा सशक्त बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याइन्।
