नेकपा एमाले पर्सा क्षेत्र नं २ की उम्मेदवार रिमा यादवले महिला, युवा र जनसमुदायको सक्रिय सहभागिताले मात्रै पर्साको दिगो विकास सम्भव हुने बताएकी छन्।
वीरगंज–१ छपकैयामा मंगलबार आयोजित वडा स्तरिय भेलामा सम्बोधन गर्दै यादवले शिक्षा, स्वास्थ्य, सडक, कृषिजन्य विकास र सामाजिक सुरक्षामा समर्पित योजनालाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताइन्। उनले युवाहरूलाई राजनीति र समाज निर्माणमा सक्रिय बनाउनु आवश्यक रहेको र महिलाले आफ्ना आवाज र सहभागिताबाट नेतृत्व भूमिका निर्वाह गर्न सक्ने बताइन्।
यादवले आगामी फागुन २१ गते हुने चुनावमा आफूलाई मतदान गर्न मतदातालाई आग्रह गरेकी छन्। कार्यक्रममा केन्द्रिय सदस्य बिजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, युवा नेता मुकेश द्विवेदी र रिमा यादवले आफ्नो विचार राखेका थिए।
सो अवसरमा विभिन्न पार्टी छाडेर सयौं जना नयाँ सदस्य एमालेमा प्रवेश गरेका थिए। नव प्रवेशीहरुलाई प्रमुख अतिथी सरावगी, उपाध्यक्ष बिचारी यादव,उम्मदेवार रिमा यादवले फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए । । नेताहरूले उनीहरूलाई पार्टीको मूल्य र सिद्धान्तअनुसार काम गर्न प्रेरित गरे।
कार्यक्रममा सहभागीहरूले भने, “उम्मेदवार रिमा यादवको स्पष्ट योजना र युवा–महिला सशक्तिकरणप्रतिको दृष्टिकोण देखेर हाम्रो विश्वास अझ दृढ भयो।” कार्यक्रमको सहजीकरण वीरगंज महानगरपालिकाका कार्यवाहक अध्यक्ष लियाकत अलीले गरेका थिए।