वडा नम्बर–२ मा चन्देश्वर रावको अध्यक्षतामा सम्पन्न बैठकले चुनाव परिचालन समिति, प्रचार–प्रसार समिति तथा बुथ कमिटी गठन गर्ने निर्णय गरेको छ। बैठकमा एमाले मधेश प्रदेश उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, नेता शिव पटेल, पुरन पटेल, कृष्णा यादवलगायतको सहभागितामा चुनावी अभियानलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले टोल–टोलमा पुगेर मतदाता भेटघाट गर्ने, घरदैलो अभियानलाई तीव्र बनाउने र संगठन विस्तार गर्ने योजना अघि सारे।
यस्तै वडा नम्बर–४ मा पालिका अध्यक्ष सिंघाहासन साहको उपस्थितिमा बसेको बैठकले पनि उम्मेदवार यादवलाई विजयी गराउन माहोल सिर्जना गर्ने, स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने र प्रत्येक बुथमा सक्रिय टोली खटाउने निर्णय गरेको छ। उक्त बैठकमा पनि बिचारी यादव,प्रमोद कुशवाहा, शिव पटेल, पुरन पटेल, कृष्णा यादवलगायत स्थानीय नेताहरूको सहभागिता रहेको थियो।
बैठकहरूमा बोल्ने वक्ताहरूले रिमा यादवलाई युवापुस्ताको आशा र विकासमुखी नेतृत्वका रूपमा प्रस्तुत गर्दै सीमावर्ती क्षेत्रको समस्या समाधान, रोजगारी सिर्जना, सडक–खानेपानी सुधार, शिक्षा र स्वास्थ्य सेवाको विस्तारजस्ता मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान चलाउने बताएका छन्।
एमालेका स्थानीय कार्यकर्ताहरूले बहुदरमाईका विभिन्न टोलमा घरदैलो, जनसम्पर्क र प्रचार–प्रसार कार्यक्रमलाई तीव्र पार्ने निर्णय गरेका छन्। आगामी निर्वाचनमा एकताबद्ध भएर उम्मेदवार यादवलाई जिताउने लक्ष्यसहित कार्यकर्ताहरू मैदानमा उत्रिएको एमाले स्रोतले जनाएको छ।