नेकपा एमाले निकट प्रेस चौतारी नेपाल पर्सामा ४६ जना पत्रकारहरुको समुह प्रवेश गरेको छ । शनिबार नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा आयोजीत कार्यक्रममा पत्रकारहरु चौतारीमा प्रवेश गरेका हुन । नव प्रवेशी पत्रकारहरुलाई नेकपा एमालेका नेताहरु प्रभू हजरा, बिजय कुमार सरावगी ,प्रेस चोतारी नेपाल मधेशका इन्चार्ज अच्यूत पौडेल ,नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा लगायतका नेताहरुले अविर टिका र गम्छा लगाई प्रेस चौतारीनेपालमा स्वागत गरेका थिए ।
अधिकांश पत्रकारहरु प्रेस युनियन, प्रेच मञ्च र प्रेस सेन्टरका पत्रकारहरु एमाले प्रवेश गरेको चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्रले जानकारी दिए ।विरगंजका चर्चित पत्रकारा बिमला गुप्ता,प्रेच मञ्चका केन्द्रिय सदस्य सनी महतोको महतो नेतृत्वमा पनि दर्जन भन्दा बढि पत्रकारहरु चौतारी प्रवेश गरेको अध्यक्ष मिश्रले जानकारी दिए । प्रवेश गर्नेहरुमा दिनेश मिश्र,संजय यादव,सलाउदिन अन्सारी,जाकीर हुसेन ,दिपेन्द्र बि।सी रोशन पटेल,दिपेश शर्मा, प्रकाश नेपाल,सन्तोष नेपाल ,सुभाष क्षेत्री,प्रदीप चौधरी , दिनेश मिश्र,संजय यादव, म।सबिर अन्सारी, नसरुदिन अन्सारी,मिथलेश ओझा,रहेका छन । त्यसैगरि मिथिलेश ओझा, उज्जवल कुमार कानु ,अनीकेत मण्डल , रुस्तम देवान, , अभिलाश गुप्ता, अभिनेष , प्रेमकुमार सर्राफ, ओमशंकर यादव,कृष्ण यादव , रोहीत सर्राफ,पप्पु गिरी, राजु श्रेष्ठ,चन्द्रशेखर पटेल, रियाज मन्सुरी , रामबिनोद श्रीवास्तव,अमित मिश्र, संजु अर्याल र संजय कुशवाहापनि प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पर्साका इन्चार्ज प्रभू हजरा, केन्द्रीय सदस्य बिजय कुमार सरावगी ,।डा.बिश्वम्बभर शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के।सी।लामिछाने , प्रेस चौतारी नेपालका मधेशका इन्चार्ज अच्यूत पौडेल,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, मधेशका अध्यक्ष लालबाबु शेख नेपाल पत्रकार महासंघ पर्साका सह सचिव एस।के।चौरसिया लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल मधेश प्रदेशका सचिव ग्यासु मिया देवानले गरेका थिए ।
पत्रकारहरुको यो प्रवेशले प्रेस चौतारी नेपाल पर्सालाई थप एकताबद्ध र मजबुत बनाएको अध्यष मिश्रले बताएका छन । उनले नयाँ प्रवेश गरेका साथीहरुलाई संगठनले सम्मानपूर्ण ब्यवहार गरेर संगै अगाडि बढ्ने बताएका छन ।
