वीरगंजमा यहि चैत्र २८ गते शनिबार दिउँसो १ बजे श्री जगन्नाथ रथ यात्रा निकालिने भएको छ। बिहीबार वीरगंजस्थित ईस्कोन प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले तेस्रो पटक वीरगंजमा हुने रथ यात्राबारे जानकारी दिएका हुन्।
आयोजकले रथ यात्रा गहवा माई पार्कबाट सुरु भई मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन हुने जानकारी दिएका छन्। रथ निर्माण, सजावट, प्रसाद व्यवस्थापन लगायतका तयारीमा करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने जनाइएको छ।
यस वर्षको रथ यात्रामा पर्सा, बारा र रौतहट जिल्लाका साथै भारतको रक्सौल (बिहार) क्षेत्रबाट ४ हजारदेखि ६ हजारसम्म श्रद्धालु तथा सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, वीरगंजले कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था मिलाउनेछन्।
पत्रकार सम्मेलन हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा इस्कॉन वीरगंजका मुक्तिनाथ साह, आयुष गिरि, गौर्सभन दास, श्याम मनोहर साह लगायतको उपस्थित थियो ।