लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको आयोजनामा मानव सेवा आश्रमको नवनिर्मित भवनको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (LCIF) को १ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा लक्षमनवा नौतनमा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित एक कार्यक्रमबीच समुद्घाटन तथा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन सञ्जय खेतान प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ वीरगञ्ज मिलेनियमका अध्यक्ष लायन वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डका अध्यक्ष लायन खुश्बु अग्रवालले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा,डिस्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डेय, मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारी, PMCC कार्यक्रम संयोजक लायन रमेश कुमार अग्रवाल, PDG लायन डी.एन. अग्रवाल, लायन राजकुमार सिन्धी, PDG लायन डा. आर.पी. खेतान, क्याबिनेट सचिव लायन बासु तिमिल्सिना, क्याबिनेट कोषाध्यक्ष लायन रामेश्वर गुप्ता, लायन गणेश लाठ, लायन प्रकाश थारू, एरिया चिफ लायन सुनील गुप्ता तथा लायन्स क्लब अफ रक्सौलका बिमल सर्राफ लगायतको सहभागिता रहेको थियो ।
LCIFको १ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको भवन हस्तान्तरणसँगै आश्रममा आश्रित व्यक्तिहरूको आवास, संरक्षण तथा सेवा व्यवस्थापनमा थप सहजता हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका देवेश मानवले गरेका थिए ।
