वीरगञ्ज : पचरौता नगरपालिकामा एचपिभि एचपिभि खोप अभियान सम्बन्धि पत्रकार तथा बिधालय शिक्षकहरुलाई पालिका स्तरीय १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको अयोजनामा नगरपालिकाको सभाहल सो अन्तरक्रिया कार्यक्रम भएको हो ।
खोप कार्यक्रमको लक्ष्य,उदेश्य,उपलब्धी,अवस्थाबारे जानकारी गराउने,पाठेघरको मुखको क्यान्सर निवारण,रणनिती,एच.पि.भि.खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया बारे जानकारी गराउने,खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उदेश्यलेले अन्तरक्रिया कार्यक्रम भएको थियो । साथै अभियान संचालन योजना,तयारी अवस्था बारे जानकारी गराइ अभियान सफल बनाउन स्थानिय स्तरबाट आवश्यक थप सहयोग बारे छलफल,श्रोतको पहिचान,परिचालन र जिम्मेवारी बाँडफाँडको योजना बनाउने लगायतको विषयमा छलफल गर्न को लागी सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
पचरौता नगरपालिकामा सञ्चालन हुने एच.पि.भि. खोप आगामी फाल्गुन ४ गते देखि ६ गते सम्म संचालन हुने आयोजकले जनकारी गराएको छ। खोप अभियानमा छात्रा र किशोरीहरुलाइ खोप दिने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साह जानकारी गराएका हुन् । कार्यक्रममा नगर प्रमुख जलंधर सिंह, नगर उप प्रमुख नसीमा ख़ातुन ,नि प्रमुख प्रशासकीय अधिकृत गौरी साह, नगरपालिकाको स्थानिय सकार प्रवक्ता एवम् वडा नं.६को वडाअध्यक्ष लक्ष्मी यादव, गगनदेव प्रसाद यादव, धेनुक राउत कुर्मी, प्रेम चौधरी, शिक्षा संयोजक बसन्त राज जोशी , शिक्षा सहायक मुकेश सिंह, समाजसेवी, भैयाराम सहनी, बिधालयका शिक्षक, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । भने सो कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण बिजय शंकर ठाकुरले दिनु भएको थियो।