नेशनल प्याब्सन आठौं राष्ट्रिय महाधिवेशन आयोजक तयारी समितिले आज नगर सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रीय अध्यक्ष पाण्डप हमालले बिहीबार र शुक्रबार बीरगंजमा राष्ट्रिय निजी तथा आवासीय बिधालय एसोसिएसन नेपालको आठौ राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष हमालले मुलुकभर बाट करिब १५०० सय बिधालयका संस्थापक संचालक प्रिन्सिपलहरुको सहभागी हुने भएकोले यसलाई सभ्य र भब्य बनाउन सम्पूर्ण तयारी पुरा भएको बताए ।
महाधिवेशनमा वर्तमान सरकारले शिक्षा ऐन पारित गर्न लागेकोमा यसलाई नेशनल प्याब्सनले संस्थागत विकास कसरी गर्ने भन्ने बारेमा निर्वाचन बाट निर्वाचित भएका पदाधिकारीहरुको जिम्मेवारी रहने अध्यक्ष हमालको भनाइ रहेको छ। अहिले नेशनल प्याब्सन ३६ जिल्लामा प्रतिनिधि रहेको बताउदै संघीय प्रदेश स्थानीय लगायतमा नेशनल प्याब्सनको भुमिका कस्तो रहनुपर्ने भन्ने बारेमा समेत गभिरतापुर्वक छलफलमा सवालहरु उठाउने योजना रहेको बताएका छन् ।
महाधिवेशनमा शैक्षिक सुधार ,जनशक्ति उत्पादन उनीहरूको विकास तथा सामाजिक सुरक्षा कोष लगायतका कुरामा जोड दिइने कार्यक्रम रहेको अध्यक्ष हमालले बताएका हुन ।बिहीबार बिहान ८ बजे विभिन्न जातजातिको भेषभुषमा सजिएर घन्टाघर बाट ल्याली निकाल्ने तयारी रहेको र ९ बजे निर्वाचन नामावली ११ बजे मतदान ३ बजे देखि ५ बजेसम्म मतगणना गरिसक्ने कार्यक्रम तय गरिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा केन्द्रीय आठौं उपाध्यक्ष सुवोध कुमार डंगी आठौं राष्ट्रिय महाधिवेशन संयोजक गिता राना क्षेत्री ,पुर्व अध्यक्ष कर्ण बहादुर शाही ,निर्वतमान अध्यक्ष रितु सापकोटा ,पुर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई ,उपमहासचिव कुराम भट्टराई ,पाराशमणि ढकाल ,कोषाध्यक्ष प्रताप थापा क्षेत्री ,पुर्व केन्द्रीय सदस्य चन्द्रनारायण मण्डल ,काशीनाथ दाहाल ,इन्द्रदेव साह,शिवदत तिवारी ,पुर्व कोषाध्यक्ष कुमार भट्टराई ,पुर्व उपाध्यक्ष मनोज घिमिरे जिल्ला अध्यक्ष राम श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण महासचिव पाराशमणि दाहालले गर्नुभएको थियो ।