पर्सा जिल्ला स्थित बीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवा स्थित मोहन साह तेलीको घरमा केटीले मेरो कोठामा भोज छ भनेर बोलाएर उज्याला भन्ने मृता कुमारीका साथीहरू अनिस यादव शैलेस यादव र राकेश महतो मिलेर हत्या गरेको चाचाले आइतबार नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमा चाचा हरेन्द्र यादवले आरोप लगाए ।
उनले पत्रकार सम्मेलनमा बताए अनुसार बिजय यादवको छोरी मृता कुमारी र अनिल यादव बिच दुई वर्ष देखि प्रेम गदै आइरहेको खुलासा गरे । मिति २०८१र१०र१३ गते अन्दाजी बेलुकी ७ बजेको समयमा अनिल यादव घर बाट कुखुराको अौषधि लिन बीरगंज आउने क्रममा उनलाई केटीले आफ्नो डेरा बोलाएर हत्या गरि घरको छातबाट फालिएको पत्रकार सम्मेलनमा मृत्यका चाचा हरेन्द्र यादवले बताएका हुन ।पर्सा जिल्ला स्थित गाविस मिर्जापुर वडा नम्बर ३ हाल परिवर्तित छिपहरमाई गाउँपालिका वडा नम्बर १ वस्ने र राकेश महतो भने बीरगंज महानगरपालिका वडा नम्बर १९ बस्ने हत्याराहरु भएको पिडितका चाचा यादवले बताएका छन् ।
मृत्यक अनिल यादव छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा रहेको नौगावा उच्च माध्यमिक बिधालय सम्भौतामा कक्षा १२ मा अध्यानरत थिए भने उज्याला भन्ने मृता कुमारी पनि सोही बिधालयमा अध्यानरत रहेका र एसइइ परिक्षाको लागि तयारी गर्न मोहन साह तेलीको घरमा कोठा भाडामा लिएर प्रिन्स यादव,अनिस यादव ,शैलेश यादव लगायतले पनि संगै बसि एसआईईको परिक्षा तयारी गर्न बसेका थिए भनेर मृत्यका चाचाले पत्रकार सम्मेलनमा बताएका छन् ।

उनीहरूलाई कतर्बयजन्य मुद्दा दर्ता गरिएको तर प्रहरी प्रशासनले आर्थिक चलखेल गरेर मुद्दा कमजोर पारेर अदालतले समेत न्याय नदिएको भन्दै न्यायको लागि पत्रकार सामु आफुहरु आएको यादवले अपिल गरेका हुन। अदालतले उमेर नपुगेको भन्दै अनिस यादवलाई बाल सुभार केन्द्रमा पठाएको र राकेश महतोलाई १ लाख धरौटीमा अदालतले छोडेको मृता कुमारी नाबालिका ठहर गदै आफ्नो आमाबाबुको जिम्मा लगाएको र शैलेस यादव हाल फरार रहेकोले प्रहरीले तुरुन्त पक्राउ गरि कानुनी दायरामा ल्याउन हारगुहार गरेका छन् ।
हामी गरिव विपन्न छौं उनीहरू संग पैसा छ त्यहीँ पैसाको बलमा आज दोषीहरु उम्कने गरेको बताए ।प्रहरीले शुरुमा मुद्दा बलियो छ चिन्ता नलिन भनेर आसवासन दिएको त्यहीँ भरोसामा हामी लागौं तर अखिरीमा डाक्टर प्रहरी न्यायाधीश समेतलाई पैसाको बलमा दोषी उन्मुक्ति पाएको बताएका छन् ।पत्रकार सम्मेलनमा मृत्यका बोजु छटिया देवी अहिर,बुवा नागेन्द्र यादव ,आमा सिला देवी लगायतको उपस्थित रहेको थियो ।