सीप सिकौं रोजगार गरौं भन्ने मुल नाराका साथ शुरु भएको ९० घण्टे सिलाइ कटाइ तालिम आज विधिपुर्वक सम्पन्न भएको छ।
सरिता सीप कला केन्द्र बीरगंज पर्साको आयोजना तथा बीरगंज महानगरपालिका वडा नम्बर ४ वडा कार्यालय बीरगंजको सहयोगमा संचालित ९० घन्टे सिलाईकटाई तालिम समापन समारोह कार्यक्रममा वडा अध्यक्ष कानुले प्रमाण पत्र सहित सिलाइ मेशिन बितरण गर्ने क्रममा यो तालिमको उपलब्धि संगै घरमा बसेर दुइचार पैसा आम्दानी गर्न मद्दत पुराउने उदेश्यले यो मेसिन महिलाहरुलाई वितरण गरिएको बताए।

वडा नम्बर ४ का वडा अध्यक्ष साह कानुले भने विगत ५ वर्ष देखि हरेक महिलाहरुलाई टेवा पुराउन तालिम संगै मेसिन वितरण गदै आइरहेको बताएका हुन ।तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको कानुले आफ्नो वडाका महिलाहरुलाई दक्ष तथा आत्मनिर्भर होस् भन्ने उदेश्यले यो तालिम आयोजना गरेको बताएका छन् ।
वडा कार्यालयले युवतीहरु तथा अन्य महिलाहरुलाई ब्युटीसियन तालिम समेत दिदै आइरहेको बताए । उनले भने अब आगामी दिन चैतको अन्तिम तिर सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गर्न लागेकोले यदि कसैको घरमा सुत्केरी महिलाहरु छन् भने वडा कार्यालयमा चाडैं सम्पर्क राखी मौकाको फाइदा लिन अपिल गरेका हुन ।
अब यो महिनापछि कम्प्युटर तालिम पनि आयोजना गर्न लागेको सबैलाई जानकारी दिदै कोही बेरोजगार नहोस् भन्ने मेरो चाहाना रहेको वडा अध्यक्ष कानुको भनाइ रहेको छ। सरिता सीप कला केन्द्र बीरगंज पर्साका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।
तालिममा सहभागी भएका २० जनालाई सिलाइ मेशिन बितरण गरिएको छ। तालिमको समापन समारोहमा बोर्ड सदस्य राधा कार्की वडा सदस्य शर्मा स्वरारङ्ग, समाजसेवी मनोजा चौधरी,नगिया देबी,प्रती सिंह,बिरेन्द्र गुप्ता ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,प्रशिक्षक सरिता गुप्ता , संयोजक बंशीधर गुप्ता लगायतको उपस्थित रहेको थियो।