वन डढेलो नियन्त्रण सम्बन्धि पर्साको बडनिहारमा दुईदिन तालिम सुरु भएको छ । डिभिजन वन कार्यालय पर्साको आयोजना र समृद्विका लागि वन परियोजना रेड कार्यान्वयन केन्द्र बबरमहल काठमाडौको सहयोगमा बिन्दबासिनी कोईलाभार साझेदारी वन कार्यालय बडनिहारको सभाहलमा तालिम सुरु भएको हो ।
वन डढेलो नियन्त्रण तालिमको प्रमुख अतिथि डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले उदघाटन गर्दै गर्मी महिनाको पतझर सुकेर थुप्रिने समयमा मानिस हरुले वनमा लगाउने डढेलोको कारण ठूलो क्षति हुने गरेको बताए ।
उनले शुक्रवार फिल्ड भ्रमण र प्रस्तुती सहित तालिम हुने बताए । साथै वनको क्षति मात्र नभई वन नजिक रहेका मानव वस्ती र वन्यजन्तुलाई समेत असर पर्ने भएकोले वन जङ्गल प्रवेश गर्दा सलाई, लाइटर जस्ता आगो जन्य वस्तु लिएर प्रवेश नगर्न सुझाव दिए ।
साथै वनमा आगो लागेको सूचना पाउनासाथ वनरक्षक, सुरक्षाकर्मी र स्थानीयहरुको सहयोगमा सुरक्षित साथ वनको डढेलो निभाउन समेत आग्रह गरे । दुईदिन सम्म चल्ने तालिमको मुख्य प्रशिक्षक डढेलो विशेषज्ञ बुद्धि पौडेल, मधेस प्रदेश बिपत्त ब्यावस्थापन गुल्मका चन्द्रिका प्रसाद यादब र मन्दिप बहादुर मगरले प्रशिक्षण दिई रहेका छन् ।
वनमा डढेलो मुख्य गरी कृत्रिम तरिकाबाट लाग्ने भएको हँुदा फागुन, चैत्र, बैशाख र जेष्ठ यी चार महिना मानिसहरुलाई वन प्रवेशमा रोक लगाउनुपर्ने र वनमा डढेलो लाग्ना साथ सुरक्षित तरिकाबाट श्रोत र साधनले आगो निभाउनु पर्ने तालिम दिईएको छ ।
बिन्दबासिनी कोईलाभार साझेदारी वन बडनिहारका अध्यक्ष रिजवानुल हकको अध्यक्षतामा भएको तालिममा वनकर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, साझेदारी वनका प्रतिनिधिहरु लगायत स्थानीय सरोकारवालाहरु सहित ७० जना सहभागी रहेका थियो ।