बीरगंज : अहिले बारा पर्सा लगायतका पुरै मधेशका सीमावर्ती जिल्लाहरुबाट दैनिक करोडौंको राजस्व चुहावट हुने गरी अप्राकृतिक ब्यापार ब्याबसाय फस्टाए पनि जिम्मेवार निकाय कानमा तेल हालेर बस्नुलाई अर्थपूर्ण रुपमा लिन थालिएको छ । बिशेषगरि पर्साको लंगडी, इनरवा, भकुवा, जानकीटोला, भिखमपुर, ठोरी, अमरपट्टी, छपकैया, प्रसौनी, धोरे, सबैठवा, अलौ सिर्सिया लगायतको नाकाहरुबाट इतिहाँसलाई नै बिर्साउने गरि तश्करीले ब्यापकता पाएको छ भने यसको माध्यमले प्रहरी प्रशासनको साझेदारीमा दैनिक रुपमा करोडौं रुपैयाँको हाराहारीमा राजस्व चुहावट हुँदा समेत जिम्मेवार निकाय भने इमान्दार बन्न नसक्नुको कारण नै बर्तमान सरकार प्रति बितृष्णा बढेर गएको समाचार प्राप्त हुन आएको छ ।
अझ प्रहरीलाई समेत प्रभावमा पारेर गैर कानूनी काम गर्नेहरुले नै आफु अनुकुल चौकी इन्चार्ज लग्ने गरेको तथ्य समेत बाहिरिएको समाचार प्रकाशमा आएको छ । अमरपट्टी बाट सरुफ गुप्ता, टुना, पवन उमेश, अली, संदिप, बिबेक, प्रमोद हरिन्द्र लगायतले ठूलो परिमाणमा खाद्यन्न, मकै गहुँ, कुखुराको चल्ला, लत्ता कपडा, कवाड समाग्री, टायर, प्याज बिद्युतिय समाग्री, लगायतको समान ओहोर दोहोर गराएर राज्य माथि नै निकै ठूलो भार थोपारेको आरोप लाग्न थालेको छ । उता बारा जिल्लाको सीमावर्ती नाकाहरुबाट समेत निकै ठूलो परिमाणमा तश्करी हुने गरेको समचार प्राप्त हुन आएको छ ।
बलिरामपुर, समरौनगढ, मटिअर्वा, गण्डक, बिश्रामपुर लगायत भारतसंग सिमा जोडएका सबै नाकाहरुबाट खल्लम खुल्ला मात्रामा तश्करी हुने गरेको र यसमा प्रहरीको समेत संलग्नतालाई पुष्टी गरेको छ । बारामा नयाँ आएका प्रहरी प्रमुखले समेत ती नाकाहरुबाट मासिक रुपमा नजराना बुझ्ने गरेको बताइन्छ तर यसको पुष्टी भने कसैले पनि गर्न तयार देखिँदैनन । सर्लाही, सप्तरी, रौटहट, महोत्तरी जिल्लाबाट समेत निकै ठूलो परिमाणमा तश्करी हुने गरेको छ तर नेपाल प्रहरी, शसस्त्र प्रहरीले नियन्त्रण गर्न कुनै कदम नचाल्नुलाई भाग शान्ति जय नेपालको नारा पुष्टी भएको बताइन्छ । यस बारेमा नेपाल प्रहरीका मदेश प्रदेशका प्रमुख डिआइजी उमा प्रसाद चतुर्बेदीसँग सम्पर्क राख्दा आफु भर्खर आएको भएपनि आएको दिनदेखी नै आएका गुनासोलाई सम्बोधन गर्ने र अबैध कारोबार नियन्त्रणको लागि सम्बन्धित जिल्लका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको र बारा पर्सामा आफु जान बाँकी रहेपनि सरकारको राजस्व अभिबृद्धि र अबैध कारोबार नियन्त्रणको अभियानमा सार्थक बनाउन कुनै कसर बाँकी नराख्ने गरि अघि बढेको बताउँछन ।
उता शसस्त्र प्रहरीका आइजिपी राजु अर्यालसँग सम्पर्क राख्दा मधेश प्रदेशमा हालै नयाँ प्रहरी प्रहरी प्रमुख हाजिर भएको अवस्था छ त्यसमा सबैसँग बुझ्ने प्रयास भएकै होला अबैध कारबार गर्ने, त्यसलाई सहयोग पुर्याउने, यदि आफ्नै मातहतको भएपनि कोहीको संलग्नता भएमा निर्मत कारवाही हुने प्रतिक्रिया दिनुहुन्छ । यता यस बारेमा नेपाल प्रहरीका प्रमुख दिपक थापासँग यस बारेमा सम्पर्क गर्न खोज्दा कुरा हुन सकेन ।
बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी लगायतको सीमावर्ती जिल्लाहरुबाट अहिले जारी रहेको आर्थिक अपराधका बारेमा प्रहरीले आफ्ना मातहत खटेका प्रहरी अधिकृत र सुचना दिने बाहानामा खटेकाहरुलाई इमान्दार बनाउन आवश्यक रहेको कुरा सर्वसाधारण बताउन थालेका छन । यस बारेमा सशस्त्र प्रहरीका मधेश प्रदेशका प्रमुख डिआइजी कृण्ण ढकालसँग सम्पर्क राख्दा आफुलाई सीमावर्त जिल्लाको बस्तुअवस्था थाहा भएको र अबैध कारोबार गर्नेहरुको समेत जानकारी भएकोले कारोबार गर्ने, पक्राउ नगर्ने र आर्थिक अपराधमा संलग्न आफ्नै संगठनकाहरुको संलग्न आयो भनेपनि निर्ममताका साथ कारावाही हुने र त्यसको परिणामा एक महिनाभित्र देखा पर्ने प्रतिक्रिया दिनुभयो । उहासँगँ अबैध कारोबार गर्नेसँग प्रहरी नै बिक्री भएको आरोप लाग्न थाल्यो नि भनि सोध्दा कहिल्यै पनि गलत गर्नेहरुसँग प्रहरी नबिक्ने दृढता समेत ब्यक्त गर्नुहुन्छ ।