बीरगंज : अहिले मधेशका सीमावर्ती जिल्लाहरुबाट दैनिक करोडौंको राजस्व चुहावट हुने गरी अप्राकृतिक ब्यापार ब्याबसाय फस्टाए पनि जिम्मेवार निकाय कानमा तेल हालेर बस्नुलाई अर्थपूर्ण रुपमा लिन थालिएको छ । बिशेषगरि लंगडी, इनरवा, भकुवा, जानकीटोला, भिखमपुर, ठोरी, अमरपट्टी, छपकैया, प्रसौनी, धोरे, सबैठवा, अलौ सिर्सिया लगायको नाकाहरुबाट इतिहाँसलाई नै बिर्साउने गरि तश्करीले ब्यापकता पाएको गुनासो आउन थालेपछि पर्सा प्रहरीले तश्करी बिरुद्धको सर्च अभियान संचालन गरेको छ भने अबैध कारोबारमा संलग्नहरु थर्कमान हुन थालेको समाचार प्रकाशमा आएको छ । अझ प्रहरीलार्य गुमराहामा पारेर तश्करीको लाइन खुलाईदिन्छु भन्दै रकम लिने बिचौलियाहरुले समेत रकम फिर्ता गर्न थालेको बताइन्छ । उता ती बिचौलियालहरुले राजनीतिक रंग रुप देखाई प्रहरीलाई समेत प्रभावमा पारेर आफ्नो हित अनुकुल चौकी प्रमुख सीमावर्ती क्षेत्रमा लग्नकाले लागि दवाव दिने गरेको समचा समेत प्राप्त हुन आएको छ अमरपट्टी बाट सरुफ गुप्ता, टुना, पवन उमेश, अली, संदिप, बिबेक, प्रमोद हरिन्द्र लगायतले ठूलो परिमाणमा खाद्यन्न, मकै गहुँ, कुखुराको चल्ला, लत्ता कपडा, कवाड समाग्री, टायर, प्याज बिद्युतिय समाग्री, लगायतको समान ओहोर दोहोर गराएर राज्य माथि नै निकै ठूलो भार थोपारेको आरोप लाग्न थालेको छ । अव प्रहरी निकै निर्मम भएर प्रस्तुत भएको छ र आर्थिक अपराधसँग जोडिएका कुनै पनि हर्कत पुरा हुन्न दिइन्न र कारोबारीहरुलाई अध्ययन गरिने, राजस्व चुहावट भएको छ भने अनुसान्धान गर्ने र हदैसम्मको कारावाही गयिरने कुरा समेत पर्सा प्रहरी बताउँछ ।
उता बारा जिल्लाको सीमावर्ती नाकाहरुबाट समेत निकै ठूलो परिमाणमा तश्करी हुने गरेको समचार प्राप्त हुन आएको छ । बलिरामपुर, सिमरौनगढ, मटिअर्वा, गण्डक, बिश्रामपुर लगायत भारत सँग सिमा जोडएका सबै नाकाहरुबाट खल्लम खुल्ला मात्रामा तश्करी हुने गरे्को र यसमा प्रहरीको समेत संलग्नतालाई पुष्टी गरेको छ । बारमा आएका नयाँ प्रहरी प्रमुखले समेत ती नाकाहरुबाट मासिक रुपमा नजराना बुझ्ने गरेको बतइन्छ तर यसको पुष्टी भने कसैले पनि गर्न तयार देखिँदैनन ,। सर्लाही, सप्तरी, रौटहट, महोत्तरी जिल्लाबाट समेत निकै ठूलो परिमाणमा तश्करी हुने गरेको छ तर नेपाल प्रहरी, शसस्त्र प्रहरीले नियन्त्रण गर्न कुनै कदम नचाल्नुलाई भाग शान्ति जय नेपालको नारा पुष्टी भएको बताइन्छ । यस बारेमा नेपाल प्रहरीका मध्ेश प्रदेशका प्रमुख डिआइजी उमा प्रसाद चतुर्बेदीसँग सम्पर्क राख्दा आफु भर्खर आएको भएपनि आएको दिनदेखी नै गुनासोलाई सम्बोधन गर्ने र अबैध कारोबार नियन्त्रणको लागि सम्बन्धित जिल्लका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको बताउँछन । उनी सरकारको राजस्व अभिबृद्धि र अबैध कारोबार नियन्त्रणको अभियानमा सार्थक बनाउन कुनै कसर बाँकी नराख्ने गरि अघि बढेको बताउँछन । उता शसस्त्र प्रहरीका आइजिपी राजु अर्यालसँग सम्पर्क राख्दा अबैध कारोबार गर्ने, त्यसलाई सहयोग पुर्याउने, यदि आफ्नै मातहतको भएपनि कोहीको संलग्नता भएमा निर्मम कारवाही हुने प्रतिक्रिया दिनुहुन्छ । उता यस बारेमा नेपाल प्रहरीका प्रमुख दिपक थापासँग यस बारेमा सम्पर्क गर्न खोज्दा कुरा हुन सकेन ।
सीमावर्ती जिल्लाहरुबाट अहिले जारी रहेको आर्थिक अपराधका बारेमा प्रहरीले आफ्ना मातहत खटेका प्रहरी अधिकृत र सुचाना दिने बाहानामा खटेकाहरुलाई इमान्दार बनाउन आवश्यक रहेको कुरा सर्वसाधारण बताउन थालेका छन । यस बारेमा सशस्त्र प्रहरीका मधेश प्रदेशका प्रमुख डिआइजी कृण्ण ढकालसँग सम्पर्क राख्दा आफुलाई सीमावर्त जिल्लाको बस्तुअवस्था थाहा भएको र अबैध कारोबार गर्नेहरुको समेत जानकारी भएकोले कारोबार गर्नेहरुलाई कारवाही गर्ने बताउँनुहुन्छ । उहाँ आर्थिक अपराधमा संलग्न आफ्नै संगठनकाहरुको संलग्न आयो भनेपनि निर्ममताका साथ कारावाही हुने र त्यसको परिणाम चाँडै देखा पर्ने प्रतिक्रिया दिनुभयो । यस बारेमा पर्सा प्रहरी प्रमुख गौतम मिश्रसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।