असार १५ गते आईतबार देखि शुरु हुने अन्तर प्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । शनिबार वीरगंजमा पत्रकार सम्मेलन गरि आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो । ‘खेली मधेश, जिती मधेश’ भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता असार १५ देखि १७ गतेसम्म सिद्धार्थ माध्यमिक विद्यालयमा बिहान ९ बजे देखि सञ्चालन हुनेछ।प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा महिला तर्फ ४८, ५३, ६३, ६९, ७७ र ८६ केजी तौल समूहमा तथा पुरुष तर्फ ६०, ६५, ७१, ७९, ८८, ९८ र ११० केजी तौल समूहका खेलाडी सहभागी हुनेछन्। खेलहरू आईडब्लुएफ IWF र एडब्लुएफ AWF अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन हुनेछन्।
जिल्ला खेलकुद विकास समिति, पर्साका प्रमुख नाजिर हुसेन अंसारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल भारोत्तोलन संघका संयोजक कानन चौधरी, प्रदीप श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ८ स्वर्ण, ८ रजत र ८ कांस्य पदकको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । मधेश खेलकुद परिषदका सदस्य सचिव शिवजी साह कानुको प्रमुख आतिथ्यमा हुने प्रतियोगितामा ११२ जना खेलाडीको सहभागिता हुने छन ।