युवा स्पोर्ट्स क्लब, गोस्वारा रोड बीरगंजको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। क्लबको प्रतिष्ठालाई पुनः पुरानो गौरवशाली अवस्थामा फर्काउन सबै सदस्यहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रमुख अतिथि तथा बीरगंज महानगरपालिका वडा नं। ९ का वडा अध्यक्ष श्री जवाहर प्रसाद गुप्ताले खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
क्लबका संस्थापक तथा पूर्व अध्यक्ष दिनानाथ रौनियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लबको लोगो चिन्हमार्फत पहिचान निर्माणमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। यसै क्रममा क्लबका सदस्य तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी मेघराज श्रेष्ठलाई प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष जगरनाथ साह कानु, प्रमोद परियार, पूर्व सचिव तथा राष्ट्रिय खेलाडी ऋतु शाक्य, सल्लाहकारहरू कुमार बराल, श्रीहरि पौडेल, प्रदुम्न सेढाई, कमल अधिकारी, गजेन्द्रमान सिंह, बासुदेव रौनियार, विनोद अधिकारीलगायत क्लबका पूर्व तथा वर्तमान खेलाडी र अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैगरि आज सम्पन्न सभाले सर्वसम्मतिले २८ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। नव गठित समितीको अध्यक्षमा रमेश श्रेष्ठ,वरिष्ठ उपाध्यक्षमा रुपक पाण्डे,प्रथम उपाध्यक्षमा सुरज मानन्धर ,द्वितीय उपाध्यक्षमा लखन चौधरी,तृतीय उपाध्यक्षमा विकास रौनियार,महासचिवमा विनोद परियार ,सचिवमा राजिव लाखे सह–सचिवमा विजय श्रेष्ठ,कोषाध्यक्षमा विजय विश्वकर्मा,सह–कोषाध्यक्षमा राजेश जोशी
सदस्यहरूमानरेश माली, संजय पौडेल, सुरज श्रेष्ठ मंटुु, सुधीर सिंह राजपुत, रुपेन्द्र लालचन, श्याम गुप्ता, शुशिल श्रेष्ठ, अब्दुल हवारी, प्रदीप साह, नारायण पौडेल, बिकेश श्रेष्ठ, मुकेश कुमार गुप्ता, अरविन्द गुप्ता, मोहन कुमार महतो, समीर लामा, अरुण साह कानु, कृष कार्की र मणिराज यादव रहेका छन ।
नवगठित कार्यसमितिले क्लबको उद्देश्यअनुसार खेलकुद, युवा सशक्तीकरण र सामाजिक सेवामा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ।