स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदू भन्ने मूल नाराका साथ नेपाल तेक्वान्दो संघ पर्सा जिल्ला तेक्वान्दो कार्यसमिति, बीरगंजको दोस्रो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
बीरगंजस्थित स्थानीय होटल डायमण्ड पार्टी प्यालेसमा आयोजित उक्त अधिवेशनले पुन सर्वसम्मत निर्णयमार्फत गणेशमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्य नेपाल तेक्वान्दो संघ पर्सा जिल्ला तेक्वान्दो कार्यसमिति चयन गरिएको छ। यसअघि पनि श्रेष्ठ समितिको नेतृत्व गर्दै आएका हुन ।
उनी अब नयाँ उत्साहका साथ जिल्ला तेक्वान्दोको विकास र विस्तारमा अझ सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ। कार्यक्रममा नेपाल तेक्वान्दो संघ पर्सा जिल्ला कार्यसमितिका संस्थापक अध्यक्ष शर्माले उदघाटन गर्नुभएको थियो। श्रेष्ठकै अध्यक्षतामा सम्पन्न अधिवेशनमा संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, खेलप्रेमी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने,खेलकुद क्षेत्रले समाजलाई एकता र अनुशासनमा बाँध्ने काम गर्ने यसले युवा पुस्तालाई सकारात्मक मार्गतर्फ अग्रसर गराउँछ साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने र खेलाडी उत्पादन गर्न तेक्वान्दोले विशेष योगदान पुर्याउँदै आएको श्रेष्ठले बताए ।उनले भने अब जिल्ला भित्र तेक्वान्दोको पहुँच गाउँ–गाउँसम्म पुर्याउने र खेलाडीहरूको सीप तथा संरचनात्मक विकासमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे।

संस्थापक अध्यक्ष ओमप्रकाश शर्माले तेक्वान्दोको सुरुवाती दिनदेखि हालसम्मको यात्रालाई स्मरण गर्दै वर्तमान नेतृत्वले राम्रो काम गरिरहेको भन्दै आगामी दिनहरुमा थप सफलता र उपलब्धिहरु हासिल गदै अगाडि बढन शुभकामना तथा आफ्नो कार्यकालको सफलताको कामना गर्नुभएको छ। नयाँ नेतृत्वले तेक्वान्दोको महत्व र हालसम्मका उपलब्धि, आगामी योजनाहरु समिक्षा गदै खेलाडीहरूको अवस्थाको विषयमा छलफल गदै अगाडि बढनु पर्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।
अधिवेशनले पुन अध्यक्षमा गणेशमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्य नेपाल तेक्वान्दो संघ पर्सा जिल्ला तेक्वान्दो कार्यसमिति चयन गरेको छ भने उपाध्यक्षदय बिरेन्द्र बहादुर कुर्मी क्षेत्री ,कुमार मानन्धर ,सचिव रमेश मानन्धर ,कोषाध्यक्ष रोशन गुप्ता ,सहसचिव देवलाल ठाकुर र सदस्यहरु रोशनी श्रेष्ठ ,नवलकिशोर साह,हरिनारायण पटेल ,राजु साह तुराहा,अरविन्द साह,अरुण झा,महम्मद मन्सुर मियाँ ,राजेन्द्र खण्गी,महम्मद वर्स रहेका छन् ।अधिवेशनले सल्लाहकार निशान्त लामिछाने ,ओमप्रकाश शर्मा प्रदिप तिवारी र राम श्रेष्ठलाई समेत चयन गरेको छ। नयाँ कार्यसमितिले तेक्वान्दो खेललाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।खेलाडी अवन्ती झा,राजेन्द्र शाही ,निर्वाचन संयोजक चन्द्र भूषण साह,नाजिर हुसेन ,निशान्त लामिछाने र राम श्रेष्ठलाई सम्मानित गरिएको थियो ।