मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, बीरगंज महानगरपालिका तथा विभिन्न गैरसरकारी संघ–संस्थाहरूको समन्वयमा मंगलबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रूपमा सुरू गरिएको छ। बिहान बीरगंजस्थित घन्टाघरबाट प्रभातफेरी निकालिएको हो प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गर्दै पुन घन्टाघरमै आएर कोणसभामा परिणत भएको थियो।कोणसभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले लैङ्गिक हिंसा अन्त्यका लागि घर परिवारबाटै चेतना र व्यवहारिक परिवर्तन आवश्यक भएको बताए।
“घरेलु विवाद घरमै सुरू भइ हत्या–हिंसा जस्ता गम्भीर अपराधमा रूपान्तरण हुने घटना धेरै छन्। यसलाई रोक्न सबै पक्षबीच सहकार्य र समन्वय अपरिहार्य छ,” प्रजिअ दाहालले भने समाजमा व्याप्त लैङ्गिक असमानता, घरायसी कुटपिट, बलात्कार, जबरजस्ती करणी तथा अन्य प्रकारका हिंसा नियन्त्रण गर्न राज्य संयन्त्र, नागरिक समाज र गैरसरकारी संस्था र समुदायको सम्मिलित प्रयासमा हिंसा अन्त गर्न लागि परेको बताएका छन् ।सो प्रभात फेरि कार्यक्रममा प्रहरी उपरीक्षक सुदिपराज पाठक ,सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द भट्ट ,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव,नरसिंह अधिकृत हेमा थापा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्रहिम देवान ,दिब्य विकास स्रोत केन्द्रका गणेश बहादुर ठकुरी तथा विभिन्न सरोकारवालाहरुको उपस्थित रहेको थियो ।
सोही दिन बेलायत सरकारको सहयोगमा, दिब्य विकास स्रोत केन्द्र र पिपुल इन नीडको साझेदारीमा सञ्चालित ‘सुरक्षा र न्याय कार्यक्रम’ अन्तर्गत फरक क्षमताका बालबालिकालाई लक्षित गर्दै “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त गरौँ” भन्ने मूल नारासहित बिषयगत वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरिएको थियो। कार्यक्रमका आयोजकहरूका अनुसार १६ दिने अभियानमार्फत लैङ्गिक हिंसा रोकथाम, पीडित प्रतिक संरक्षण, न्यायसम्म पहुँच र समता र समृद्ध समाज निर्माणका लागि जनचेतना अभिवृद्धि मुख्य उद्देश्य रहेको छ।
उक्त प्रतियोगितामा त्रिजुदृ माध्यमिक बिधालय र बारा जिल्ला स्थितमा रहेको डुमनवान नेपाल राष्ट्रिय माध्यमिक बिधालयका गरि २० जना दृष्टिबिहिन बालबालिकाहरुले भाग लिएका थिए। वक्तव्यकला प्रतियोगिताको उदघाटन वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले गर्नुभएको थियो । उनले हिंसा अन्त गर्न पहिले घर परिवार शान्त हुनुपर्छ तबमात्र समाज शान्त हुने बताएका हुन । हामी सानोतिनो कुरामा हिंसा गर्ने प्रबिति छ त्यो अन्त गर्न आजैदेखि प्रतिबद्धता जनाउँअौ भनेर वडा अध्यक्ष कानुले बताएका छन। प्रअ नवीन मिश्रको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत मनतब्य दिब्य विकास स्रोत केन्द्रका गणेश बहादुर ठकुरीले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महेश साहले गरेका थिए। कार्यक्रममा डिडिआरसिका बितिय संयोजक राजिना अधिकारी ,डिडिआरसिका कोपिला चौलागाईं शिक्षक नरेन्द्र लगायतको उपस्थित रहेको थियो ।