जनता समाजबादी पार्टी नेपाल जिल्ला समिति पर्साले पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोख्रेल मार्फत २८ बुँदे मागहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको नेतृत्वमा गएको टोलीले विभिन्न २८ बुँदे मागहरू कार्यवन हुनुपर्ने भन्दै बुधबार सो ज्ञापनपत्र बुझाएको युवा नेता फिरोज मंसुरले बताएका छन् ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार संविधान संशोधन देखि लिएर जनआन्दोलन मधेस आन्दोलन ,आदिवासीजनजाति दलित ,मुस्लिम ,महिला लगायतको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।आदिवासीजनजाति महासन्धि आइएलओ १६९ मा उल्लेख भएको अधिकार ,संविधान संशोधन ,जनता दुारा प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको ब्यवस्था,स्थानीय तहलाई प्रादेशिक क्षेत्र अधिकार अन्तर्गत राख्नु पर्ने ,जनसंख्याको आधारमा प्रतिनिधित्व हुने ब्यवस्था हुनुपर्ने ,शिक्षा स्वास्थ्य सेवामा भइरहेको ब्यापारीकरण अन्त गर्नुपर्ने १ नम्बर प्रदेश पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने पाथीभरा मुक्कुमलुङ आन्दोलनमा किरात लिम्बू लगायतको धार्मिक संस्कृति पहिचानको आन्दोलनमा प्रति आफ्नो पार्टीको समर्थन रहेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ।
भने सविधानको धारा ५६ को उपधारा ५ बमोजिम जातीय भाषिक तथा संस्कृतिक अल्पसंख्यक समुदायका लागि स्वायत्त क्षेत्र संरक्षित क्षेत्र निधारण गरि कार्यान्वयन हुनुपर्ने उक्त विज्ञप्ति मार्फत उल्लेख्य गरिएको छ। ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ विनोदकुमार पोख्रेलले यो विज्ञप्ति सरकार समुक्ष पुराउने प्रतिबद्धता जनाउनु भएको छ। ज्ञापनपत्र बुझाउन शशि कपुर मियाँ ,करिना बेगम,फिरोज मंन्सुर ,गोपि यादव ,अजय चौरसिया,पशुराम चौरसिया,रेखा साह,विरेन्द्र यादव तथा नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।