बीरगंज महानगरपालिका वडा नं. ११ स्थित बीरगंज कलेजमा अध्यानरत कक्षा ११ का विद्यार्थीहरूको स्वागत तथा तालिम कार्यक्रम शनिबार स्थानीय होटल भिसुवामा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता बीरगंज कलेजका संचालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले गर्नु भएको थियो भने प्रमुख आतिथ्य पर्सा जिल्ला अदालतका न्यायाधीश उपेन्द्र केशर खनालले गर्नुभएको थियो। उद्घाटन समारोहमा न्यायाधीश खनालले विद्यार्थीहरूलाई सफलता प्राप्त गर्नको लागि लक्ष्य निर्धारण र संघर्षको महत्त्वबारे मार्गदर्शन दिएका थिए। उनले भने, “आफ्नो आमाबाबुको आशा र भरोसा भन्दा पनि आफ्नो लक्ष्य आफैं तय गर्नुपर्छ, तब मात्र भविष्य उज्जवल हुने छ।
न्यायाधीश खनालले आफ्नो व्यक्तिगत संघर्षको अनुभव बाँड्दै भने, “म कर्णाली प्रदेशको विकट ठाउँको व्यक्ति हुँ, तर धेरै संघर्ष गरेर आज यहाँ उभिएँ। पहिले पठनपाठनमा धेरै समस्या थियो, तर अहिले विद्यार्थीहरूका लागि अध्ययन सजिलो छ। त्यसैले अहिले पढ्न गाह्रो हुने कुरा होइन।ू
कार्यक्रमको अवसरमा कलेजले विभिन्न विधाका विद्यार्थीहरूलाई पुरस्कार र सम्मान प्रदान गरेको अध्यक्ष डा. चौधरीले जानकारी दिनुभयो।
कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी, क्याम्पस चिफ विनोद गुप्ता, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, परीक्षा प्रमुख डिके जैसवाल, बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराजपाल लगायतले शुभकामना तथा मार्गदर्शन दिएका थिए।कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गर्नु भएको थियो।