बीरगञ्ज महानगरपालिका वडा नम्बर २३ मा सांसदका उम्मेदवार अनिल रुङ्टाले घरदैलो अभियान कार्यक्रममा जनताको चाहना अनुरुप आफूले काम गर्ने उद्घोष गरेका छन्। घरदैलो अभियानको कार्यक्रममा अन्तरक्रिया तथा छलफलमा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य एवं सांसदका उम्मेदवार अनिल रुङटालाई यसपटक पर्साबासीले सहयोग गर्न कांग्रेसका सभापति एवं पूर्व सांसदका उम्मेदवार अजय दुवैले उक्त कुरा बताएका हुन्। पर्सा जिल्लाबाट सांसद भएर गएका व्यक्तिले हाम्रो मूलभूत समस्याहरू अहिले पनि समाधान गर्न नसकेकोमा एकपटक रुङ्टालाई जनताले विश्वास गरेर सांसदमा निर्वाचित गराउन अपिल गरेका छन्।
बीरगञ्ज महानगरपालिका वडा नम्बर २३ मा नेपाली कांग्रेसले अन्तरक्रिया कार्यक्रम एवं राय सुझाव सङ्कलन गर्ने क्रममा पूर्वा संविधानसभा सदस्यका उम्मेदवार दुवेदीले बताएका थिए सांसदका उम्मेदवार रुङटाले भने जनताको समृद्धि विकास सुशासन शिक्षा, स्वास्थ्य तथा विकास निर्माणमा आफ्नो पर्सा क्षेत्र नम्बर १ को लागि सधैं तत्पर रहने उद्घोष गरेका छन्। पर्सा जिल्लाबाट सांसद पटकपटक हुने र मन्त्री भएर पनि आश्वासन बाहेक पर्साबासीहरूले केही नपाएकोले आफ्नो जित भएको खण्डमा रोजगारी विकास शिक्षा स्वास्थ्य भौतिक पूर्वाधार तथा विपन्न वर्गहरूको रोजगारीका लागि आफू सधैँ प्रतिबद्धता रहने उद्घोष गर्नुभएको छ। सांसद उम्मेदवार रुङ्टाले विभिन्न वडाहरूमा घरदैलो अभियान तीव्र पार्दै आएका छन्

पर्सा जिल्लामा आश्वासन बाहेक केही पनि पाउन नसकेकोले यसपटक परिवर्तनको खाँचो रहेको घरदैलो अभियानमा मतदाताहरुलाई रुङ्टाले बताएका हुन्। उनले भने जनताको अपेक्षा पूरा गर्न आफू तयार रहेको जिकिर गरेका हुन्। पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य एवं सांसदका उम्मेदवार नेता रुंगटाले विभिन्न वडाहरूमा पुगेर आशीर्वाद लिएर आफ्नो घर दैलो अभियानमा सक्रिय भएर लागेका छन्। यसपटक पर्साबासीहरूले परिवर्तन खोजेकोले आफूलाई विश्वास गर्न अपिल गर्दै एकपटक मत दिएर हेर्न समेत उनले मतदाताहरूलाई अनुरोध गरेका छन्। उनले भने म बोल्ने मान्छे होइन म काम गरेर देखाउने व्यक्ति हुँ भनेर जनताहरूसँग मत माग्ने क्रममा उक्त कुरा बताएका थिए। सांसदका उम्मेदवार रुङटाले मतदाताहरु भेटघाट एवं रायसुझाव संकलन समेत जाने क्रममा जनताहरूको अपेक्षा अरु सांसदहरुले पुरा गर्न नसकेकोमा आफूलाई दुःख लागेको बताउँदै यसपटक जनताहरु परिवर्तन खोजी रहेका छन् त्यो परिवर्तन र जनताको अपेक्षा अनुसार आफू काम गर्न तयार रहेको बताएका छन्।
उनले भने जनताको अपेक्षा भनेको समृद्धि सुशासन स्वास्थ्य शिक्षा पूर्वाधार कृषि रोजगारी र युवाहरूको लागि दीर्घकालीन रोजगारी व्यवस्थापन गर्नु हो उक्त कुराहरू आफूले संसदमा प्रवेश गरे रोजगारको लागि पहल गर्ने बताएका हुन। अब जनतालाई झुटो आश्वासन होइन उनीहरूलाई रोजगारीको सिर्जना दिएर आत्मविश्वास बढाउन अति आवश्यक रहेको घर दैलो अभियानमा मत माग्न जाँदा त्यस्तो कुरा बताएका छन्। हामी खोक्रो नारा दिएर नहुने सुझाव समेत दिनुभएको छ। सांसद उम्मेदवार रुङ्टाले आफू स्पष्ट र प्रष्ट समृद्धि र सुशासनको पक्षमा रहने नेता भएकोले जनताहरूले यसमा कुनै शंका नगर्न घरदैलो अभियानमा उहाँले आफ्ना धारणाहरु राख्नुभएको थियो ।
पर्सा क्षेत्र नम्बर १ का जनताहरूले यसपटक परिवर्तन खोजेको र त्यो परिवर्तनलाई पूरा गर्न आफू सधैँ तत्पर रहेको त्यो विश्वास आफूले मात्र दिन सक्ने रुङ्गटाले दाबी गरे। सांसदका उम्मेदवार रुङटाले भने हाम्रो जित सुनिश्चित रहेकोले यसहरुको मत खेरा जान नदिने दाबी गरेका छन्। घरदैलो अभियान कार्यक्रममा सांसद उम्मेदवार रुङ्टाले बताए अनुसार यसपटक पर्साबासीले प्रतिनिधिसभा सदस्य परिवर्तन खोजेकाले १ बाट नयाँ अनुहारका रुपमा आफू तयार भएको बताएका छन् ।
हामीले पटकपटक सांसद र मन्त्रीहरू पायौं तर तर पर्साबासीहरूले के पायो केवल आश्वासन मात्र पायौं मधेशमा मधेसीको लागि अधिकार सुनिश्चित गर्छु भनेर मधेसी दलहरू खुले तर आफ्नो स्वार्थमा मात्रै लागेको ती मधेसभित्र रहेका मधेसीहरूको हक अधिकार अहिले पनि सुनिश्चित नभएको उक्त घरदैलो अभियानमा रुङताले बताए उनले भने जनताको उपलब्धि के त मधेसमा मधेसी दलका नेताहरुले जनताको चाहना अनुसार काम गर्नु भन्दा पनि आफ्नो लक्ष्य र कुर्सीका लागि मात्र मरिहत्ते गरेको उक्त घरदैलो अभियानमा सक्रिय रहेका छन्। उनले घरदैलो अभियानमा मतदाताहरूसँग उनीहरूको समस्या के हो त्यो पनि पहिचान गरेर आफू सांसद भएको खण्डमा त्यसलाई समाधान गर्न सक्ने आश्वासन समेत दिएका छन्।