वीरगञ्ज । लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगञ्ज–२५ ड्राइपोर्ट, पर्साले आफ्नो २६औँ स्थापना दिवस मनाएको छ। संस्थाले २५ वर्षको सफल यात्रा पूरा गर्दै स्थापना दिवसका अवसरमा आफ्ना शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति तथा कर्मचारी वर्गप्रति शुभकामना व्यक्त गरेको छ।
स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष हरेराम प्रसादले संस्थाको सफल यात्रामा साथ, सहयोग, सुझाव र हौसला प्रदान गर्ने सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकप्रति र बचत कर्ताहरुलाई आभार व्यक्त गरेका छन्।
अध्यक्ष हरेराम प्रसादले संस्थाको प्रगति र सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति तथा कर्मचारीहरूलाई समेत धन्यवाद दिएका छन्।
सहकारीले आगामी दिनमा पनि सदस्यहरूको विश्वास र सहयोगलाई आत्मसात् गर्दै निरन्तर सहकार्यका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। संस्थाले आफ्ना सदस्यहरूलाई अझ प्रभावकारी, स्तरीय तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै जाने जनाएको छ।
२६ वर्षको यात्रामा संस्थाले सदस्य केन्द्रित सेवा, सहकारी मूल्य–मान्यता तथा आपसी सहकार्यलाई प्राथमिकतामा राख्दै आफ्नो संस्थागत यात्रा अघि बढाएको बताइएको छ।
स्थापना दिवसका अवसरमा संस्थाले आगामी दिनमा पनि शेयर सदस्य तथा सेवाग्राहीको हितलाई केन्द्रमा राखी वित्तीय सेवा थप प्रभावकारी बनाउने तथा सदस्यहरूको विश्वासलाई कायम राख्दै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। लाली गुरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका श्रीकान्तले जानकारी दिनु भए को छ।