बीरगंज महानगरपालिका वडा नम्बर १४ मा रहेको बीरगंज ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा अध्यानरत डिप्लोमाका विद्यार्थीहरुले संस्कृतिक खाद्य महोत्सव आयोजना गरेको छ ।
कलेजको प्रारङ्गमा विभिन्न जातजाति खानेकुरा तथा भेषभुषमा सजिएर खानका स्टल प्रदर्शन गरेका थिए । बीआइटी( द्यक्ष्त्० कलेजका डाइरेक्टर नन्दु श्रीवास्तवको अध्यक्षता तथा मधेस प्रदेशको निति आयोग सदस्य डाक्टर हरि शंकर साहको प्रमुख आतिथ्यमा सोे महोत्सव प्रदर्शन गरिएको हो ।
प्रमुख अतिथि डाक्टर साहले यस कलेजमा इन्जिनियरिङ अध्यानरत विद्यार्थीहरुले यस्ता फरक खालका विभिन्न समुदायमा आधारित खानाका परिकारहरु बनाउने कलेजको एउटा छुट्टै प्रस्तुतिलाई कलेज परिवारलाई धन्यवाद समेत दिनुभएको छ।
उनले भने शिक्षा संगै अन्य अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराउने काम गर्नु भनेको धेरै राम्रो भएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा लुकेका प्रतिभा देखाउने एउटा माध्यम पनि रहेकोले आगामी दिनहरुमा यो भन्दा धेरै राम्रा कामहरु कलेजले गरुन् भनेर शुभकामना दिनुभएको हो । कलेजका प्रिन्सिपल इन्जिनियर निरज श्रीवास्तवले स्वागत मनतब्य गर्ने क्रममा विद्यार्थीहरुको प्रतिभा देखाउने एउटा यो पनि माध्यम रहेकोले शिक्षा संगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको प्रतिभा देखाएर अगाडि बढाउने उदेश्य रहेको बताए ।
उनीहरू भोलिका दिनमा सबै इन्जिनियर नै होस् भन्ने हाम्रो कामना हो तर यद्यपि कोही इन्जिनियरिङ गर्न नसकेको खण्डमा यस्ता कार्यक्रमले उनीहरूको हौसला बढाउने काम कलेजले गरेको प्रिन्सिपल श्रीवास्तवले बताएका छन् । कलेजमा अध्यानरत ६० विद्यार्थीहरु सहभागी रहेकोमा १३ वटा स्टलहरु राखिएको थियो ।जसमा स्टल नम्बर ११ को प्रथम भएको थियो । उनीहरूले चावल पुरी पकैडा पिठी सेट राखेका थिए राहुल ,रौनक, अनु, निलम, टान्निया, पुनम, आशाले नगद रु ५०००÷ सहित मेडल प्रमाणपत्र प्राप्त गरेको थियो ।

दोस्रो थारू सेट बजिया ढिक्की घोङ्ी, जसमा सहभागी निष्ठा मनिषा,अभिनाष,सुमित,सन्जना,सन्जना यादव ,रहेका थिए उनीहरूले मेडल तथा प्रमाणपत्र प्राप्त गरे तेस्रो चिकेन चुरसे नान सेट जसमा सहभागी अब्दुल ,जिसान,सामिम,बादल ,रिसभ उनीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको प्रोग्राम कोडिनेटर आकाश कुमार गुप्ताले जानकारी दिनुभएको छ। संस्कृतिक खाद्य महोत्सवमा नेवारी ,मधेसी ,थारू ,पंन्जाबी,तथा हरेक जातजातिको खानका परिकारहरु प्रदर्शन स्टलमा राखिएको थियो । खानाका परिकारहरुको निर्णय मण्डलहरु होटल क्रालाका जिएम राधव कुमार रोए र सोही होटलका सेफ धन बहादुर थापाले गर्नुभएको थियो ।कार्यक्रममा कलेजका लेखापाल सुमन भट्टराई ,डिगम्बर थापा ,सुधिर केशरी ,अवध सिंह ,तथा शिक्षक ,शिक्षिका एवम् विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।