वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुहुदै महानगरपालिकाको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नगरसभाको उद्घाटन गर्नुहुदै नगरवासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालू आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताए ।
उनले चालू आर्थिक बर्षकालागि नगरसभाले स्विकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताए ।
![](https://www.choicekhabar.com/uploads/editor/2025-01-10/111802620WhatsApp Image 2025-01-10 at 4.51.33 PM.jpeg)
उनले बजेट कार्यान्वयनकालागि आर्थिक ऐन २०८१ मा शंसोधन गर्न बनेको आर्थिक विधेयक विनियोजन ऐन २०८१ मा समावेश भएका आर्थिक बर्ष ०८१/०८२ को बार्षीक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१, विज्ञापन कर सम्बन्धि विधेयक २०८१, वीरगंज महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी परिमार्जन सम्बन्धि प्रस्ताब र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ नगरसभा समक्ष पेश गरेका थिए ।
नगरप्रमुख सिंहले पेश गरेको विधेयक तथा प्रस्ताबहरु नगरसभाको १६ औ अधिवेशनले सर्वसम्मतले पारित गरेको छ । नक्सा पास नगरी निर्माण भएका पूराना घरको अभिलेखीकरण यहि चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिवाना छुट दिने प्रस्ताव पनि नगरसभाबाट पारित भएको छ ।
जरिबाना छुटको लाभ उठाउँदै निर्माण भएका संरचनाको अभिलेखीकरणका लागि आउँदो चैत महिनाभित्र निवेदन दिइसक्न सम्पूर्ण नगरवासीलाई महानगर प्रमुख सिंहले आग्रह गरे ।
![](https://www.choicekhabar.com/uploads/editor/2025-01-10/111822948WhatsApp Image 2025-01-10 at 4.51.33 PM (1).jpeg)
नगर प्रमुख सिंहले बैभव वीरगंज बनाउने अभियानमा वीरगंजका जनप्रतिनिधिहरु एकजुट भएको र आगामी दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप उर्जा प्राप्त भएको बताए । सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगंज निर्माण गर्ने लक्ष्यका साथ महानगरको टिम अगाडी बढेको बताए ।
नगरसभाको १६ औं अधिवेशनमा उप प्रमु्ख ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगंज महानगरपालिकाका ३२ वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, महानगरपालिकाका कार्यपालिका सदस्यहरु, महानगरका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।